STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुग्याे

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ७, बुधबार

महोत्तरी - कोरोना भाइरस संक्रमण (कोभिड–१९) देखिएका एक बृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।  महोत्तरीको महोत्तरी गाउँपालिका–३ का ६० वर्षीय व्यक्तिको निधन भएको हो । गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएका उनको मंगलवार राति निधन भएको प्रतिष्ठानको मेडिशन विभाग प्रमुख प्रा.डा संजिवकुमार शर्माले बताउनु भएको छ ।
प्रतिष्ठान भर्ना भएका मृतकको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको डा.शर्माले जानकारी दिनुभयो । मृतकको शव हाल प्रतिष्ठानमै राखिएको छ ।
मृतकको शव दाहसंस्कारका लागि महोत्तरी पठाउन व्यबस्थापन भैरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनुभएको छ ।
Categorized in राष्ट्रिय