STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ भाद्र २६, शुक्रबार

    उपत्यकाका ५७२ सहित १४ सय ५४ जना संक्रमित

    काठमाडौं – पछिल्लो २४ घण्टामा १४ सय ५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बिहीबार मात्रै १२ सय ४६ जनामा संक्रमण देखिएको थियो। उपत्यकामा आज ५७२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा ४९५, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जनामा कोरोना पुष्टि भएको  मन्त्रालयका प्रवक्ता...

  • २०७७ भाद्र २६, शुक्रबार

    दुई अध्यक्षको कार्यविभाजन गर्दै नेकपाकाे बैठक सम्पन्न

    काठमाडाैं – सत्तारुढ दल नेपाल नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।  शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दुई अध्यक्षको कार्यविभाजन गरेको छ।  अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रीत हुने र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिका सहित पार्टीको नेतृत्वमा रहने निर्णय गर्दै सम्पन्न भएको हो । बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप...

  • २०७७ भाद्र २५, बिहिबार

    रिहाइ माग्दै हरिसिद्धिमा मसाल जुलुस, पनौतीमा समेत जनप्रदर्शन

    काठमाडौं – रातो मछिन्द्रनाथ (बुंगःद्यः) जात्राको क्रममा भएका झडपमा हिरासतमा लिइएका सम्पदा अभियन्ताहरुको रिहाइको लागि जनस्तरबाट व्यापक दबाबमूलक कार्यक्रमहरु भइरहेका छन् । यसक्रममा बुधबार साँझ ललितपुरको हरिसिद्धि (जल)मा मसाल जुलुस निकालिएको छ । हरिसिद्धिका स्थानीय युवाहरुको संलग्नतामा निकालिएको मसाल जुलुसले सम्पदा अभियन्ताहरको रिहाइ तथा राज्यले नेवार समुदायमाथि गरेको ज्यादतिविरुद्ध नाराबाजी पनि...

  • २०७७ भाद्र २५, बिहिबार

    घिसिङको कार्यकाल थप्ने प्रस्ताव आजको मन्त्रिपरिषद्मा राखिने

    काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकाल थप गर्ने प्रस्ताव बिहीबार मन्त्रिपरिषद्मा पेश हुँदैछ । ऊर्जामन्त्री वर्षमान पुनले कार्यकाल थप गर्ने सम्बन्धमा बिहीबारको मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न लागेका हुन् । खुला प्रतिस्पर्धाबाट चार वर्षअघि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख भएका कुलमानको म्याद यही भदौ २९ गते सकिँदैछ । कुलमानले नेपालमा लोडसेडिङ्ग...

  • २०७७ भाद्र २४, बुधबार

    आजदेखि मिथिलाञ्चलमा जितिया पर्व शुरु

    जलेश्वर – सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै...

  • २०७७ भाद्र २३, मंगलबार

    अमेरिकाकाे नेवाः अर्गनाइजेशनको वार्षिक अधिवेशन सम्पन्न

    काठमाडौं – नेवाः अर्गनाइजेशन अफ अमेरिकाको १९ औं वार्षिक अधिवेशन भर्चुअल रुपमा सोमबार सम्पन्न भएको छ । जूम एपमार्फत् भएको भर्चुअल सम्मेलन यज्ञमान शाक्यको सभापतित्वमा भएको थियो भने सम्मेलनमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की मुख्य अतिथिको रुपमा आउनुभएको थियो । भर्चुअल सम्मेलन नेपालभाषामा सञ्चालन भएकोमा आफूलाई प्रभावित पारेको जनाउँदै प्रमुख अतिथि कार्कीले यसले नयाँ पुस्तासमेत भाषा...

  • २०७७ भाद्र २३, मंगलबार

    जग्गाको कित्ताकाट खुल्ला

    काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट खुल्ला गरेको छ । २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । दहितले बन्द गराएको कित्ताकाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले खुल्ला गर्ने निर्णय गरेकी हुन् । ‘जग्गाको खण्डिकरण सम्बन्धी...

  • २०७७ भाद्र २३, मंगलबार

    दशैंमा मेलम्चीको पानी नआउने, थप तीन महिना कुर्नैपर्ने

    काठमाडौँ – बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ । आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यकामा पानी आउने सम्भावना नभएको बताइएको छ । खानेपानी मन्त्रालयले गत आर्थिक वर्षमा असार मसान्तसम्म उपत्यकामा पानी झार्ने र...

  • २०७७ भाद्र २३, मंगलबार

    ९सय २ जना संक्रमित थपिँदा २२ सय ८७ डिस्चार्ज, उपत्यकामा नयाँ संक्रमित ३९६ जना

    काठमाडौं – पछिल्लाे २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण जित्नेको संख्या संक्रमितकाे संख्याको दुईगुणाभन्दा बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २२ सय ८७ जना डिस्चार्ज भएका छन् भने ९०२ जनामा संक्रमण पुष्टि भएकाे छ । मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या ४८ हजार १३८ पुग्दा डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४...

  • २०७७ भाद्र २३, मंगलबार

    सेना खटाएर भए पनि नाकामा कडाई गर्न मेयरहरुको माग

    विजयरत्न असंबरे काठमाण्डौं उपत्यकाका दुई महानगरसहित १८ वटा पालिकाहरुको साझा संगठनको रुपमा रहेको उपत्यका नगरपालिका फोरमले उपत्यका छिर्ने सबै नाकामा सेना खटाएर भए पनि प्रवेशमा कडाई गर्न माग गरेको छ । आज मङ्गलबार बसेको फोरमको बैठकले यस्तो माग गरेको हो । फोरमका अध्यक्ष काठमाण्डौं महानगरपालिका का मेयर विद्या सुन्दर शाक्य कोरोना संक्रमणका कारण होम आइसोलेसनमै रहेको र अस्वस्थताको कारण अनुपस्थित भएको...

  • २०७७ भाद्र २२, सोमबार

    पाल्पा अस्पताल सिल

    रामपुर – पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ । अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक सेवावाहेक सबै सेवा आइतबार साँझदेखि नै बन्द गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताउनुभयो । गत हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आउनुभएकी तानसेन नगरपालिका–११ बस्ने ८२ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उहाँ...

  • २०७७ भाद्र २२, सोमबार

    उपत्यकामा थप ३२६ सहित ९७९ जनामा कोरोना पुष्टि, मृत्यु हुने ३०० पुग्याे

    काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३२६ सहित ९७९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। याेसँगै संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। मन्त्रालयका अनुसार काठमाडौंका २९३ जना, भक्तपुरका १३ जना र ललितपुरका २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आइतबार उपत्यकामा ३५४ जनामा कोरोना पुष्टि...

Pages