राष्ट्रिय
-
२०७७ भाद्र २८, आइतबार
अपडेट : सिन्धुपाल्चोक पहिरोमा ३ जनाको शव प्राप्त, २८ अझै बेपत्ता
काठमाडौं – सिन्धुपाल्चोकको बाह्रबिसेमा गएको पहिरोमा बेपत्ता भएकामध्ये ३ शव फेला परेका छन् भने अझै २८ जनाको खोजि भइरहेको छ । पहिरोमा परी मृत्यु हुनेहरु नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला जनाइएको छ । गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार...
-
२०७७ भाद्र २८, आइतबार
नागरिक संबाद केन्द्र बागमती प्रदेशकाे वेभिनार सम्पन्न
विजयरत्न असंबरे संघिय संसदमा २०७६ साल फाल्गुन देखि २०७७ अषाढ सम्म प्रतिनिधि सभा र राष्ट्रिय सभा अन्तर्गतका बिभिन्न समितिहरूले गरेका निर्णयहरूकाे बारेमा जानकारी गराउने उद्देश्यले नागरिक संवाद केन्द्र, बागमती प्रदेश हेटाैँडाले वेभिनारमा अन्तरक्रिया सम्पन्न गरेकाे छ । नेपालको संविधानको धारा १०४ बमोजिम प्रतिनिधि सभाले बनाएको प्रतिनिधि सभा नियमावली २०७५ तथा राष्ट्रिय सभाले बनाएको राष्ट्रिय सभा...
-
२०७७ भाद्र २८, आइतबार
उपत्यकामा अहिलेसम्मकै बढी ५९७ जना संक्रमित भेटिए, काठमाडौंमामात्रै ४८३ नयाँ संक्रमित
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ४८३ जनासहित उपत्यकामा थप ५९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंका ४८३ सहित भक्तपुरका ८१ र ललितपुरका ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सहित...
-
२०७७ भाद्र २७, शनिबार
कित्ताकाट खुल्ला विषयमा मन्त्रालयकाे पत्रकार सम्मेलन
काठमाडौँ - भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले भूमिको कित्ताकाट गर्ने अवस्थालाई व्यवस्थित गर्न जारी पछिल्लो निर्देशन विवादमा परेकाे छ । विवादमा परेपछि मन्त्रालयले यस विषयमा स्पष्ट पार्न पत्रकार सम्मेलनकाे अायाेजना गरेकाे छ । मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव टेकनारायण पाण्डेले विभिन्न चोरबाटो, झगडियाको प्रक्रिया, अदालतको प्रक्रियाबाट कित्ताकाट...
-
२०७७ भाद्र २७, शनिबार
फेसबुक फोटाेमा ‘कमेन्ट’ गरेकै नाममा झडप
काठमाडाैं – फेसबुककाे फोटाेमा ‘कमेन्ट’ गरेकै नाममा जनकपुरधाममा दुई समूहबीच झडप भएको छ भने झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको छ। जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठामा शनिबार झडप नियन्त्रणका लागि प्रहरीले सात राउण्ड अश्रुग्यास प्रहार गरेको हो। मुस्लिम समुदायको दाहा मोहर्रम पर्वको लागि बनाइएको दाहाको फोटोमा समाजिक सञ्जाल फेसबुकमा कमेन्ट गरेकै नाममा दुई पक्षबीच विवाद...
-
२०७७ भाद्र २७, शनिबार
उपत्यकामा ४३१ सहित देशभर १२०१ जनामा संक्रमण पुष्टि
काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३१ सहित देशभर १२०१ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज काठमाडौँमा ३७७ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३७ र भक्तपुरमा १७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा योसँगै देशभर संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । १० हजार १०६ जनाको पीसीआर परीक्षण भएकोमा ४ सय १६...
-
२०७७ भाद्र २६, शुक्रबार
उपत्यकाका ५७२ सहित १४ सय ५४ जना संक्रमित
काठमाडौं – पछिल्लो २४ घण्टामा १४ सय ५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बिहीबार मात्रै १२ सय ४६ जनामा संक्रमण देखिएको थियो। उपत्यकामा आज ५७२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा ४९५, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता...
-
२०७७ भाद्र २६, शुक्रबार
दुई अध्यक्षको कार्यविभाजन गर्दै नेकपाकाे बैठक सम्पन्न
काठमाडाैं – सत्तारुढ दल नेपाल नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दुई अध्यक्षको कार्यविभाजन गरेको छ। अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रीत हुने र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिका सहित पार्टीको नेतृत्वमा रहने निर्णय गर्दै सम्पन्न भएको हो । बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप...
-
२०७७ भाद्र २५, बिहिबार
घिसिङको कार्यकाल थप्ने प्रस्ताव आजको मन्त्रिपरिषद्मा राखिने
काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकाल थप गर्ने प्रस्ताव बिहीबार मन्त्रिपरिषद्मा पेश हुँदैछ । ऊर्जामन्त्री वर्षमान पुनले कार्यकाल थप गर्ने सम्बन्धमा बिहीबारको मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न लागेका हुन् । खुला प्रतिस्पर्धाबाट चार वर्षअघि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख भएका कुलमानको म्याद यही भदौ २९ गते सकिँदैछ । कुलमानले नेपालमा लोडसेडिङ्ग...
-
२०७७ भाद्र २५, बिहिबार
रिहाइ माग्दै हरिसिद्धिमा मसाल जुलुस, पनौतीमा समेत जनप्रदर्शन
काठमाडौं – रातो मछिन्द्रनाथ (बुंगःद्यः) जात्राको क्रममा भएका झडपमा हिरासतमा लिइएका सम्पदा अभियन्ताहरुको रिहाइको लागि जनस्तरबाट व्यापक दबाबमूलक कार्यक्रमहरु भइरहेका छन् । यसक्रममा बुधबार साँझ ललितपुरको हरिसिद्धि (जल)मा मसाल जुलुस निकालिएको छ । हरिसिद्धिका स्थानीय युवाहरुको संलग्नतामा निकालिएको मसाल जुलुसले सम्पदा अभियन्ताहरको रिहाइ तथा राज्यले नेवार समुदायमाथि गरेको ज्यादतिविरुद्ध नाराबाजी पनि...
-
२०७७ भाद्र २४, बुधबार
आजदेखि मिथिलाञ्चलमा जितिया पर्व शुरु
जलेश्वर – सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै...
-
२०७७ भाद्र २३, मंगलबार
अमेरिकाकाे नेवाः अर्गनाइजेशनको वार्षिक अधिवेशन सम्पन्न
काठमाडौं – नेवाः अर्गनाइजेशन अफ अमेरिकाको १९ औं वार्षिक अधिवेशन भर्चुअल रुपमा सोमबार सम्पन्न भएको छ । जूम एपमार्फत् भएको भर्चुअल सम्मेलन यज्ञमान शाक्यको सभापतित्वमा भएको थियो भने सम्मेलनमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की मुख्य अतिथिको रुपमा आउनुभएको थियो । भर्चुअल सम्मेलन नेपालभाषामा सञ्चालन भएकोमा आफूलाई प्रभावित पारेको जनाउँदै प्रमुख अतिथि कार्कीले यसले नयाँ पुस्तासमेत भाषा...


