STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ भाद्र १५, सोमबार

    लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदाैसम्म स्थगित

    काठमाडौं – अब लामो तथा छोटो दूरीका सवारी साधन भदौ मसान्तदेखि मात्र चल्ने भएका छन् । आइतबार साँझ बसेको मन्त्रिपरिषद्‌को बैठकले लामो तथा छोटो दूरीका सवारी साधन भदौ मसान्तदेखि चलाउने निर्णय गरेको हो । यसअघि बसेको मन्त्रिपरिष्द्को बैठकले १५ भदौदेखि लामो तथा छोटो दूरीका सवारीसाधन चलाउने निर्णय गरेको थियो । अन्तराष्ट्रिय हवाई उडान भने सर्तसहित भदौ १६ गतेबाट सुरु गर्न अनुमति दिइएको छ ।

  • २०७७ भाद्र १५, सोमबार

    कोरोनाबाट नेकपामा नेतासहित चितवनमा थप दुईको मृत्यु

    काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतासहित चितवनमा २जनाकाे कोरोना संक्रमणाबाट मृत्यु भएकाे  छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उहाँ श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना हुनुभएको थियो । उचारका क्रममा आज विहान उहाँकोे निधन भएको अस्पतालले जनाएको छ । भरतपुर महानगरपालिका वडा नं ६ केदरबाग निवासी ८७...

  • २०७७ भाद्र १४, आइतबार

    उच्च ज्वरोबाट ६ जनाकाे मृत्युपछि अनुसन्धान टोली परिचालन

    कञ्चनपुर– कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना सङ्कलन गरी जाँचका लागि काठमाडौँस्थित प्रयोगशाला पठाएको छ । दुई साताको अवधिमै उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि टोली सङ्क्रामक रोगबारे अनुसन्धान...

  • २०७७ भाद्र १३, शनिबार

    सबै स्थानीय तहमा अस्पताल सेवा हुने

    काठमाडौँ – स्वास्थ्य सेवामा आम जनताको पहुँच उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्थानीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने भएको छ । मुलुक विश्वव्यापी कोभिड १९ को महामारीमा परिरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले शुक्रबार सो निर्णय गर्नुभएको हो । यो निर्णयसँगै अस्पताल नभएका ६४९ तहमा पाँच बेडको अस्पतालको सेवा तत्कालै शुरू हुनेछ । सोका लागि आवश्यक औजार र उपकरण...

  • २०७७ भाद्र १३, शनिबार

    वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

    वीरगन्ज – वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५ वर्षीया महिला, वीरगन्ज–१२ निवासी ४३ वर्षीय पुरुष र वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुष रहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए । उनका अनुसार सकिस्त बिरामी रहेका मनियारीका ३७ वर्षीय पुरुषलाई शुक्रबार राति ११ बजेर ४१ मिनेटमा थप उपचारका लागि वीरगन्ज हेल्थ...

  • २०७७ भाद्र १३, शनिबार

    कोराेनाबाट हुने मृत्युदर बढ्दाे : प्रत्येक दुई घण्टामा एकको मृत्यु

    काठमाडौँ – नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ । भदौ शुरु भएयता १२ दिनमा कोरोनाबाट ८१ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना सङ्क्रमणबाट बिहीबार नौ तथा...

  • २०७७ भाद्र १३, शनिबार

    उपत्यकाका १८६ सहित ८८४ जनामा काेराेना संक्रमण

    काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा  १८६ जना कोराेना संक्रमित थपिएका छन् । काठमाडाैंमा सबैभन्दा बढी १५५ सहित ललितपुरमा १९ र भक्तपुरमा १२ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।   यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५१६ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो...

  • २०७७ भाद्र १३, शनिबार

    एकैदिन १२ जनाकाे काेराेनाबाट मृत्यु, उपत्यकामा मात्र ६ जना

    काठमाडौं – पछिल्लाे २४ घन्टामा उपत्यकामा ६ जनासहित नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट १२ जनाको मृत्यु पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका २/२ जनाको मृत्यु भएको छ । यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एकएक जनाको मृत्यु भएको छ ।  योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०७ पुगेको हो। २४ घण्टामा ज्यान...

  • २०७७ भाद्र १२, शुक्रबार

    रेलमार्गको अध्ययन अघि बढाउन भारत इच्छुक

    काठमाडौँ – काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड–१९ कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको छ । रेल विभागले उनीहरुलाई नेपाल आउन अनुमतिका लागि गृह मन्त्रालयलाई भनेको छ । कोभिड सङ्क्रमण फैलिरहेकाले तत्काल उनीहरु आउन दिने अवस्था नरहेको उहाँको भनाइ छ । अझै एक दुई महिनासम्म टोलीलाई बोलाउन नसकिने...

  • २०७७ भाद्र १२, शुक्रबार

    धरानमा दुईजना कोरोना संक्रमितकाे मृत्यु

    काठमाडाैं – काेराेना संक्रमणाबाट धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार बिहान दुई जनाकाे मृत्यु भएकाे छ । झापाको दमक–३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ८३ वर्षीय पुरुषको आज बिहान ३ः४५ बजे र ५६ वर्षीया महिलाको ३ः१४ बजे मृत्यु भएको हो । झापाका पुरुष बी एण्ड सी टिचिङ...

  • २०७७ भाद्र १२, शुक्रबार

    उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण

    काठमाडौं – उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । आफ्नो ट्विटर एकाउन्टबाट शुक्रबार चाैधरीले आफूलाई कोराेना संक्रमण भएकाे जानकारी दिएका हुन् । कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् । काेराेना संक्रमण पुष्टि भएपछि चाैधरीले अहिले आफू डाक्टरको सुझाव अनुसार आइसोलेसनमा बसिरहेकाे जनाएका छन् । साथै उनले आफूसँग...

  • २०७७ भाद्र १२, शुक्रबार

    सङ्क्रमितबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ

    रुपन्देही – कोरोना भाइरस सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ देखिएको छ । बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिनुभयो । बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया गर्भवतीको यही भदौ ६ गते बिहान शल्यक्रिया गरिएको थियो । शल्यक्रियामार्फत...

Pages