STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ भाद्र ७, आइतबार

    उपत्यकामा १६६ सहित देशभर ८१८ नयाँ संक्रमित थपिए, थप ३ को मृत्यु

    काठमाडौं –  उपत्यकामा १६६ सहित आइतबार देशभर कोरोनाका ८ सय १८ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यीसहित हालसम्म संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ। गौतमले जनाएअनुसार काठमाडौंमा सबैभन्दा बढी १२६ जना संक्रमित थपिएको छ । भक्तपुरमा २८ र ललितपुरमा १२ जना गरी उपत्यकामा १६६ जना नयाँ संक्रमित थपिएको हो । त्यस्तै विगत २४ घण्टामा २ सय...

  • २०७७ भाद्र ६, शनिबार

    सेनाका लागि ब्यारेकभित्रै आइसोलेसन

    काठमाडौँ – कोभिड–१९ को संक्रमण बढेर आइसोलेशनको क्षमता कम हुने देखेपछि नेपाली सेनाले संगठनभित्रका संक्रमित जनशक्तिलाई ब्यारेकभित्रै आइसोलेसन बनाएर राख्न शुरु गरेको छ । नेपाली सेनाका २८४ जनामा कोभिड– १९ संक्रमण देखिएकामा हालसम्म ९४ जना निको भई ब्यारेक फर्किसकेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । कोभिड–१९ बाट संक्रमित सेनाका १९० सकल दर्जा अहिले मुलुकका विभिन्न अस्पतालमा उपचारमा...

  • २०७७ भाद्र ६, शनिबार

    काेराेना संक्रमणबाट वीरगन्जमा थप दुईकाे मृत्यु

    वीरगन्ज – कोरोना संक्रमणबाट वीरगन्जमा थप २ जनाको मृत्यु मृत्यु भएको छ। पर्साको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षीय पुरुष र वीरगन्ज महानगरपालिका– २६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । डकैला बहुअरीका पुरुषको वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको चिकित्सक डा.दिपक कुशवाहाले जानकारी दिए। मुटु, दम र...

  • २०७७ भाद्र ६, शनिबार

    मिथिलामा चौरचन पर्व मनाइँदै

    महोत्तरी – महोत्तरीसहितका मिथिला क्षेत्रमा कोभिड–१९ को सन्त्रासबीचनै आज चौरचन पर्व मनाइदैछ । मिथिलामा चन्द्रमाको पूजाआराधना गरिने यो मुख्य पर्व मानिन्छ । अहिले प्रदेश–२ का आठै जिल्लामा निषेधाज्ञा जारी छ । पछिल्लो पटक भदौ–१ गते नै जिल्ला प्रशासन कार्यालयहरुले भदौ–१० गतेसम्मलाई निषेधाज्ञा जारी गरेका छन् । महाब्याधीको सङ्क्रमण जोखिम बढ्दै जाँदा यसलाई छल्न जारी गरिएको निषेधाज्ञाभित्रै मैथिल (...

  • २०७७ भाद्र ६, शनिबार

    चितवनमा मृत्यु भएका वृद्धमा कोरोना पुष्टि

    चितवन – पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका हेटौँडा उपमहानगरपालिकाका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भदौ ३ गते उपचारका क्रममा अस्पताल आएर भर्ना भएका ७५ वर्षीय वृद्धको बिहीबार राति मृत्यु भएको थियो । उपचारका लागि आएलगत्तै उहाँको स्वाब सङ्कलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा उहाँमा पोजेटिभ देखिएको छ । चितवन मेडिकल कलेजको प्रयोगशाला...

  • २०७७ भाद्र ६, शनिबार

    नेपाल र इजरायलबीच कूटनीतिक राहदानी सम्झौता

    काठमाडौँ – नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ । इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायल सरकारका तर्फबाट इजरायली परराष्ट्रमन्त्रीले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको सो दूतावासले जानकारी दिएको छ । राजदूत...

  • २०७७ भाद्र ६, शनिबार

    उपत्यकामा २१६ सहित थप ६३४ जना संक्रमित, मृतकको संख्या १४६ पुग्यो

    काठमाडौं – पछिल्लो २४ घण्टामा उपत्यकामा २१६ सहित देशभर ६३४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबार जनाएअनुसार काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना संक्रमित थपिएका हुन् । यसैगरी हालसम्म पछिल्लाे २४ घण्टामा ९ जनाकाे संक्रमणबाट मृत्यु भएकाे छ । सुनसरीका २ जना...

  • २०७७ भाद्र ५, शुक्रबार

    नियमित उडानबाट विदेशका नेपालीकाे उद्धार गरिने

    काठमाडौं – सरकारले नियमित उडानमार्फत खाडीसहित विभिन्न तेस्रो मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कतै नियमित उडानमार्फत कतै चाटर्ड उडानबाट विभिन्न मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय भएको हो । मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, युरोपलगायत देशमा रहेका नेपालीलाई नियमित उडानमार्फत स्वदेश आउन पाउने...

  • २०७७ भाद्र ५, शुक्रबार

    कोभिड–१९ नियन्त्रण गर्न उच्चस्तरीय समिति

    काठमाडौँ – सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग समन्वय गरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्नका लागि समिति गठन गर्नुभएको हो । मन्त्रालय वा विभागको ११ औं तहका कर्मचारीको संयोकत्वमा राष्ट्रिय स्वस्थ्य तालिम केन्द्रका शाखा अधिकृत र मन्त्रालयकै...

  • २०७७ भाद्र ५, शुक्रबार

    कालिमाटी तरकारी बजार राति १२ देखि बिहान ९ बजेसम्म खुल्ने

    काठमाडौं – तरकारी बिक्न छाडेपछि बजार खुल्ने समय बढाउन व्यवसायीले जिल्ला प्रशासन कार्यालयलाई गरेकाेआग्रह बमोजिम अब कालिमाटी तरकारी बजार  राती १२ बजेदेखि बिहान ९ बजेसम्म खुल्ने भएको छ । निषेधाज्ञाको पहिलो दिन बिहीबार ती बजार राती १२ बजेदेखि बिहान ७ बजेसम्म मात्रै सञ्चालनमा आएको थियो । यसैगरी काठमाडौं उपत्याकामा निषेधाज्ञा सुरु भएपछि कालीमाटी तरकारी बजारमा तरकारी लगायतको वस्तु आयातमा ह्रास आएको छ ।...

  • २०७७ भाद्र ५, शुक्रबार

    थप ८३८ जनामा कोरोना पुष्टि, उपत्यकामा थपिए १८२ संक्रमित

    काठमाडौं – पछिल्लो २४ जनामा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतम ८३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै शुक्रबार संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । यसैगरी  काठमाडौं उपत्यकामा आज मात्रै थप १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ...

  • २०७७ भाद्र ५, शुक्रबार

    लक्षण भएका संक्रमितलाई मात्र अस्पताल भर्ना गर्ने सरकारकाे निर्णय

    काठमाडौं –  अब लक्षण भएका कोरोना भाइरस संक्रमितलाई मात्र उपचारका लागि तोकिएको अस्पतालहरुमा राखिने भएको छ । संक्रमण बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । लक्षण नभएका संक्रमितलाई भने आइसोलेसन सेन्टरमा राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले यसका लागि काठमाडौं उपत्यकामा ६ हजार बेडको आइसोलेसन सेन्टर बनाउने निर्णय गरेकाे सरकारका प्रवक्ता...

Pages