STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १२, शुक्रबार

काठमाडौं – उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । आफ्नो ट्विटर एकाउन्टबाट शुक्रबार चाैधरीले आफूलाई कोराेना संक्रमण भएकाे जानकारी दिएका हुन् । कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् । काेराेना संक्रमण पुष्टि भएपछि चाैधरीले अहिले आफू डाक्टरको सुझाव अनुसार आइसोलेसनमा बसिरहेकाे जनाएका छन् । साथै उनले आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।
Categorized in राष्ट्रिय