STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ आश्विन १, बिहिबार

    १२ सय ४६ जना कोरोना भाइरस संक्रमित थपिए

    काठमाडौं – पछिल्लो २४ घण्टामा बिहीबार  १२ सय ४६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५९ हजार ५७३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएकाे जानकारी अनुसार कोरोनाले पछिल्लाे २४ घण्टामा ४ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ। मन्त्रालयका अनुसार...

  • २०७७ आश्विन १, बिहिबार

    स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्न अनुरोध

    काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । काठमाडौँमा सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधन नेपाल सरकारले तोकेको मापदण्ड अनिवार्य पालना गर्दै जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न प्रशासनले सबैमा अनुरोध गरेको छ । अत्यावश्यक सेवा कार्यालय आवतजावत र ढुवानीका साधनमा भने जोरबिजोर लागु नहुने प्रशासनले आज सूचना जारी गरी...

  • २०७७ आश्विन १, बिहिबार

    मन्त्री भट्ट आफै बजार अनुगमनमा, बढी मूल्य लिने व्यापारी फन्दामा

    काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार अनुगमनमा निस्कनु भएको छ । कोरोना भाइरस (कोभिड १९) को कारणले दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेपछि उहाँ आफै बजार अनुगमनमा निस्कनु भएको हो । अनुगमनका क्रममा मन्त्री भट्टले बुधबार कालीमाटी, बल्खु र लगनखेल क्षेत्रका तरकारी पसलमा पुग्नुभएको उहाँका स्वकीय सचिव हितेश ओझाले जानकारी दिनुभयो । “मन्त्रीसमक्ष विहानै उपभोक्ताले प्याजको मूल्य...

  • २०७७ आश्विन १, बिहिबार

    बिहीबार अदालत नखुल्ने

    काठमाडौँ – सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो । सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उहाँको...

  • २०७७ आश्विन १, बिहिबार

    सूर्तीजन्य पदार्थमा कर नबढेकोमा आपत्ति

    काठमाडौँ– अर्बुद (क्यान्सर) रोग गराउन महत्वपूर्ण भूमिका खेल्ने सूर्तीजन्य पदार्थमा कर बढाउन नेपाल सरकारसँग पटकपटक अनुरोध गरे पनि नबढेको भन्दै अभियानकर्मीले आपत्ति जनाएका छन् । नेपाल अर्बुद रोग निवारण संस्थाको ३८ औँ वार्षिकोत्सवका अवसरमा बुधबार जुम प्रविधिबाट आयोजित कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफू मन्त्री भएका बेला कर बढाउन प्रस्ताव गरेपनि अर्थ मन्त्रालयका कारण सम्भव नभएको...

  • २०७७ भाद्र ३१, बुधबार

    अपडेट : सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प

    काठमाडाैं –  बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा गएकाे भूकम्प सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जनाएका छन् । करिब १२ सेकेण्डसम्म साे भूकम्पकाे धक्का महसुस गरिएकाे थियाे । भूकम्पका कारण काठमाडाै‌का सर्वसाधारणहरु घरबाहिर निस्किएका थिए ।

  • २०७७ भाद्र ३१, बुधबार

    बहराइनका राजकुमार काठमाडौंमा

    काठमाडौं – बहराइनका राजकुमारसहितको टोली काठमाडौं आइपुगेकाे छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहान करिव ११ बजे उनीहरु चढेको जहाज काठमाडौं आएको हो । नेपालका दुई हिमाल आरोहणको सिलसिलामा राजकुमारसहितको टोली काठमाडौं आइपुगेकाे हो । उनीहरुलाई शेख इशा एयरवेजबाट विशेष विमानले काठमाडौं विमानस्थलमा ल्याएको हो । बहराइनबाट काठमाडौंका लागि उड्नुअघि उनीहरुलाई बहराइनस्थित नेपाली दूतावासले बिदाई गरेको...

  • २०७७ भाद्र ३१, बुधबार

    थप १५३९ जनामा संक्रमण पुष्टि, कूल संक्रमित ५८ हजार नाघ्याे

    काठमाडाैं – पछिल्लाे २४ घण्टामा देशभर १ हजार ५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ । स्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएअनुसार पछिल्लाे २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। याेसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ । पछिल्लाे २४ घण्टामा १ हजार ६८...

  • २०७७ भाद्र ३०, मंगलबार

    असोज ५ बाट लामो दुरीको यातायात र आन्तरिक हवाई उडान खुल्ने

    काठमाडौं – सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रस्तावअनुसार अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । अन्तर जिल्ला यातायात र अन्तरिक हवाई उडान चैत १० बाटै रोकिएको छ । ५ साउनमा मन्त्रिपरिषदले लकडाउन अन्त्य गर्दा भदौ १ बाट अन्तर जिल्ला...

  • २०७७ भाद्र ३०, मंगलबार

    पहिरोले नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

    भरतपुर – नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ । पानी परिरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब...

  • २०७७ भाद्र ३०, मंगलबार

    सिन्धुपाल्चोकमा मात्रै पहिरोबाट ७४ को मृत्यु, ४१ अझै बेपत्ता

    सिन्धुपाल्चोक –  निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् । आइतबार बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ भने १७ हालसम्म पनि बेपत्ता नै छन् । असार २२ गते चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२...

  • २०७७ भाद्र ३०, मंगलबार

    सवारी साधनमा देवनागरी लिपि !

    काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सवारी साधनमा देवनागरी लिपि कायम रहने आवश्यक प्रक्रिया शुरु भएको जनाउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका तर्फबाट आज ध्यानाकर्षपत्र बुझ्दै मन्त्री नेम्वाङ्ले प्रधानमन्त्री केपी शर्मा ओलीबाट सोबारे निर्देशन प्राप्त भइसकेको र आफूले समेत यातायात व्यवस्था विभागका महानिर्देशकलाई कानुनी प्रक्रिया पूरा गरी ऐनमा संशोधन गर्नुपर्ने भए सो...

Pages