STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ भाद्र ३०, मंगलबार

    उपत्यकामा ६७६ सहित १४ सय ५९ जनामा संक्रमण

    काठमाडौं – दैनिक भेटिएकामध्ये अहिलेसम्मकै धेरैमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा ७३१ सहित १४ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ। यसअघि शुक्रबार एकै दिन सबैभन्दा बढी १४ सय ५४ जनामा संक्रमण पुष्टि भएको थियो। मंगलबार काठमाडौं उपत्यकामा थप ६७६...

  • २०७७ भाद्र २९, सोमबार

    धरानमा ३ र चितवनमा एकजना संक्रमितको मृत्यु

    काठमाडाैं – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका २ जना र चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।  माेरङका मृतकमा कुनै दीर्घ रोग नभएका र एक ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।  मोरङको धनपालथान–६ का ती युवकको आइतबार राति ८ः४५ मा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।  ...

  • २०७७ भाद्र २९, सोमबार

    सैनिकमा कोरोना पुष्टि भएपछि उडान स्थगित

    काठमाडौँ – संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिबियामा तैनाथ हुन जाने नेपाली सेनाका केही जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि साेमबार त्यसतर्फ जाने तयारीमा रहेको उडान स्थगन भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार शान्तिस्थापनार्थ लिबिया जान लागेका ११६ शान्ति सैनिकमध्ये ३५ भन्दा बढीमा कोभिड–१९ पोजेटिभ देखिएपछि आजका लागि तय भएको उडान स्थगन भएको हो । युनाइटेड मिसन...

  • २०७७ भाद्र २९, सोमबार

    जुम्लाबाटै सुरु गरे डाक्टर गोविन्द केसीले १९ औं सत्याग्रह

    काठमाडौं –  डा. गोविन्द केसीले ६ बुँदे माग राखेर जुम्लाबाटै अनशन सुरु गरेका छन् । चिकित्सा शिक्षा सुधारको विभिन्न माग राख्दै आएका केसीले जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा सोमबार दिउँसो २ बजेदेखि अनशन सुरु गरेका हुन् । डा.गोविन्द केसीले नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र सरकारविरुद्ध जुम्लामा १९ औं सत्याग्रह सुरु गरेको बताए ।...

  • २०७७ भाद्र २९, सोमबार

    क्याप्टेन विजय लामालाई कोराना संक्रमण

    काठमाडौं – नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार काेराेना परीक्षणकाे लागि स्वाब दिएका उनको रिर्पोट पोजेटिभ आएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले जानकारी दिए । उनी दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्याएर फर्किएका थिए । क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेनसमेत संक्रमित भएका छन् । दुबै जना सोल्टी होटेलको आइसोलेसनमा रहेको...

  • २०७७ भाद्र २९, सोमबार

    पिसिआर परीक्षण अब दुई हजारमै

    काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ को पिसिआर परीक्षणका लागि तोकेको अधिकतम शुल्क रु दुई हजार कार्यान्वयन गर्न निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै घटेको शुल्कमा पिसिआर परीक्षण गराउन निर्देशन दिएको हो । स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख एवं मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सबै कोभिड– १९ परीक्षण गर्ने...

  • २०७७ भाद्र २८, आइतबार

    अपडेट : सिन्धुपाल्चोक पहिरोमा ३ जनाको शव प्राप्त, २८ अझै बेपत्ता

    काठमाडौं – सिन्धुपाल्चोकको बाह्रबिसेमा गएको पहिरोमा बेपत्ता भएकामध्ये ३ शव फेला परेका छन् भने अझै २८ जनाको खोजि भइरहेको छ । पहिरोमा परी मृत्यु हुनेहरु नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला जनाइएको छ । गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार...

  • २०७७ भाद्र २८, आइतबार

    नागरिक संबाद केन्द्र बागमती प्रदेशकाे वेभिनार सम्पन्न

    विजयरत्न असंबरे संघिय संसदमा २०७६ साल फाल्गुन देखि २०७७ अषाढ सम्म प्रतिनिधि सभा र राष्ट्रिय सभा अन्तर्गतका बिभिन्न समितिहरूले गरेका निर्णयहरूकाे बारेमा जानकारी गराउने उद्देश्यले नागरिक संवाद केन्द्र, बागमती प्रदेश हेटाैँडाले वेभिनारमा अन्तरक्रिया सम्पन्न गरेकाे छ । नेपालको संविधानको धारा १०४ बमोजिम प्रतिनिधि सभाले बनाएको प्रतिनिधि सभा नियमावली २०७५ तथा राष्ट्रिय सभाले बनाएको राष्ट्रिय सभा...

  • २०७७ भाद्र २८, आइतबार

    उपत्यकामा अहिलेसम्मकै बढी ५९७ जना संक्रमित भेटिए, काठमाडौंमामात्रै ४८३ नयाँ संक्रमित

    काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ४८३ जनासहित उपत्यकामा थप ५९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंका ४८३ सहित भक्तपुरका ८१ र ललितपुरका ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सहित...

  • २०७७ भाद्र २७, शनिबार

    कित्ताकाट खुल्ला विषयमा मन्त्रालयकाे पत्रकार सम्मेलन

    काठमाडौँ - भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले भूमिको कित्ताकाट गर्ने अवस्थालाई व्यवस्थित गर्न जारी पछिल्लो निर्देशन विवादमा परेकाे छ । विवादमा परेपछि मन्त्रालयले यस विषयमा स्पष्ट पार्न पत्रकार सम्मेलनकाे अायाेजना गरेकाे छ । मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव टेकनारायण पाण्डेले विभिन्न चोरबाटो, झगडियाको प्रक्रिया, अदालतको प्रक्रियाबाट कित्ताकाट...

  • २०७७ भाद्र २७, शनिबार

    फेसबुक फोटाेमा ‘कमेन्ट’ गरेकै नाममा झडप

    काठमाडाैं – फेसबुककाे फोटाेमा ‘कमेन्ट’ गरेकै नाममा जनकपुरधाममा दुई समूहबीच झडप भएको छ भने झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको छ। जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठामा शनिबार झडप नियन्त्रणका लागि प्रहरीले सात राउण्ड अश्रुग्यास प्रहार गरेको हो। मुस्लिम समुदायको दाहा मोहर्रम पर्वको लागि बनाइएको दाहाको फोटोमा समाजिक सञ्जाल फेसबुकमा कमेन्ट गरेकै नाममा दुई पक्षबीच विवाद...

  • २०७७ भाद्र २७, शनिबार

    उपत्यकामा ४३१ सहित देशभर १२०१ जनामा संक्रमण पुष्टि

    काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३१ सहित देशभर १२०१ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज काठमाडौँमा ३७७ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३७ र भक्तपुरमा १७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा योसँगै देशभर संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । १० हजार १०६ जनाको पीसीआर परीक्षण भएकोमा ४ सय १६...

Pages