STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ आश्विन ९, शुक्रबार

    शिक्षा पत्रकार समाज गठन

    काठमाडौँ– शिक्षा पत्रकारितामा पुराना र नयाँ पत्रकारको सक्रियतामा शिक्षा पत्रकार समाज संस्था स्थापित भएको छ । पत्रकार प्रकाश सिलवालको अध्यक्षतामा समाज गठन भएको हो । शिक्षा र सामाजिक विकासका क्षेत्रमा अध्ययन, अनुसन्धान, प्रकाशन, प्रसारण, बहस तथा पैरवीसहित सबै तहमा गुणस्तरीय शिक्षा, जीवनपर्यन्त सिकाइकोे विकास एवं विस्तारका लागि आमसञ्चार तथा पत्रकारिताको उच्चतम सदुपयोग गर्दै छापा, रेडियो, टेलिभिजन,...

  • २०७७ आश्विन ९, शुक्रबार

    लाइन जाने समस्या तत्काल समाधान गर्न ऊर्जामन्त्रीकाे निर्देशन

    काठमाडौं – पछिल्ला दिनमा लाइन जाने क्रम बढेको गुनासो आउन थालेपछि ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा यसबारे छलफल भएको छ । नेपाल विद्युत प्राधिरकणबाट कुलमान घिसिङको बर्हिगमनापछि उपभोक्ताले लाइन जाने क्रम बढेको भन्दै सरकारको तीव्र आलोचना हुन थालेपछि ६ दिन होम आइसोलेसनमा बसेर मन्त्रालय फर्किएलगत्तै ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणका अधिकारीलाई विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल...

  • २०७७ आश्विन ९, शुक्रबार

    बोक्सीको आरोपमा हुने अमानवीय क्रियाकलाप रोक्न गृहको निर्देशन

    काठमाडौँ– गृहमन्त्रालयले बोक्सी र छुवाछुतको आरोपमा अमानवीय क्रियाकलाप रोक्न मातहतका निकायलाई आवश्यक निर्देशन दिएको छ । तराई लगायतका विभिन्न जिल्लामा महिलालाई बोक्सीको आरोप लगाउने, मलमुत्र खुवाउने तथा यातना दिनेसम्मका अमानवीय र जघन्य आपराधिक गतिवधि हुने गरेको पाइएको भन्दै मन्त्रालय त्यस्ता कार्य रोक्न र दोषीलाई तत्काल नियन्त्रणमा लिई कारवाहीको दायरामा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको हो ।...

  • २०७७ आश्विन ९, शुक्रबार

    उपत्यकाका ६४५ सहित १३१३ जनामा संक्रमण, कुल संक्रमित ७० हजार नाघ्याे

    काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ५०३, भक्तपुरका ५१ र ललितपुरका ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसैगरी पछिल्लो २४ घण्टामा १३ सय १३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७० हजार ६१४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

  • २०७७ आश्विन ८, बिहिबार

    लोडसेडिङ हल्लामात्र : विद्युत प्राधिकरण

    काठमाडाैं – नेपाल विद्युत प्राधिकरणले बुधवार एक विज्ञप्ती जारी गरी लोडसेडिङ हल्लामात्र भएको जनाएको छ। प्राधिकरणले बेलाबेलामा विद्युत आपूर्तिमा आउने अवरोधलाई लोडसेडिङसँग नजोड्न अनुरोध पनि गरेको छ। ‘कारणबस बिजुली जाँदा लोडसेडिङ भनिएको हल्लामा सत्यता छैन,’ प्राधिकरणले स्पष्ट पारेको छ। विद्युतको प्रशारण तथा वितरण संरचना जमीन माथि (ओभर हेड)बाट गएकोले प्रतिकुल मौसमका कारण कुनै कुनै स्थानमा विद्युतीय...

  • २०७७ आश्विन ८, बिहिबार

    १४ सय ९७ जनामा संक्रमण पुष्टि, एकैदिन १७ जनाको कोरोनाले मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकैदिन १७ जनाकाे कोरोनाकाे कारण मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ। त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा १७ जनाको कोरोनाले मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५३ पुगेको छ।  आज...

  • २०७७ आश्विन ७, बुधबार

    २५ हजारमाथि सक्रिय संक्रमित देखिए पुनः लकडाउन !

    काठमाडौं – देशभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर बढ्दै गएपछि इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) ले २५ हजारमाथि सक्रिय संक्रमित भएमा लकडाउनका लागि सिफारिस गर्ने निर्णय गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २५ हजारमाथि संक्रिय संक्रमित हुँदा स्वास्थ्य सम्बन्धी निकायले व्यवस्थापन गर्न कठिन हुने भन्दै यस्तो निर्णय भएको जानकारी दिए। ‘अहिले १७ हजार सक्रिय...

  • २०७७ आश्विन ७, बुधबार

    प्रेस काउन्सिलकाे पत्रकारिता पुरस्कार वितरण, गोपालदास पत्रकारिता पुरस्कार दृष्टिका सम्पादक श्रेष्ठलाई

    काठमाडौँ –   प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहमा विभिन्न पत्रकारहरुलाई पत्रकारिता पुरस्कार दिइएकाे छ । यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि रु एक लाख ५१ हजार छ । त्यस्तै रु एक लाख १० हजार राशिको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहोरा तथा रु ५०...

  • २०७७ आश्विन ७, बुधबार

    पुनः मनसुन सक्रिय, पाँच दिन देशभरका नदीमा बहाव उच्च हुने

    काठमाडौँ – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी पाँच दिन देशभर बदलीसहित वर्षाको सम्भावना रहेको छ । उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र उत्तरपश्चिम तर्फ सर्ने क्रममा पाँच दिन नेपालको धेरै स्थानमा वर्षा हुनाका साथै तराई भूभागमा हावाहुरीको समेत सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले भन्नुभयो, “मनसुन अन्य हुने औसत समय सेप्टेम्बर २३ अर्थात् बुधबार भए...

  • २०७७ आश्विन ७, बुधबार

    हिमचितुवा आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

    काठमाडौँ – कीर्तिमानी आरोही आङरिता शेर्पाको बुधबार बिहान राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । काठमाडौंको टेकु दोभानमा बौद्ध परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो । शेर्पाको पार्थिव शरीरमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । त्यस्तै सशस्त्र प्रहरीको एक टुकडीले शेर्पाप्रति सलामी अर्पण गरेको थियो । सगरमाथा शिखर...

  • २०७७ आश्विन ७, बुधबार

    उपत्यकामा ६७३ सहित ११ सय ७२ जना नयाँ संक्रमित थपिए

    काठमाडाैँ –  बुधबार काठमाडौं उपत्यकामा ६७३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै आज देशभर १ हजार १ सय ७२ जना नयाँ संक्रमित थपिएका छन् । ९ हजार ४ सय ४९ पीसीआर परीक्षण भएकोमा ४ सय २६ महिला र ७ सय ४६ पुरुषमा संक्रमण देखिएको छ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ७ जनाको मृत्यु...

  • २०७७ आश्विन ६, मंगलबार

    पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप्न सिफारिस

    काठमाडौँ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा सोमबार बेलुकी बसेको समितिको १७ औँ बैठकले प्राधिकरणको कार्यावधि थप गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाँच वर्षमा...

Pages