relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७८ माघ १७, सोमबार

    ल्होछारमा तीन दिन बिदा

    माघ १६, काठमाडौं - तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा बनेपाका दुई गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। काभ्रेपलाञ्चोकको रोशी तेमाल गाउँपालिकाले २८५८ औँ सोनाम ल्होछार ताक (च्यान) ल्हो (बाघ वर्ष)का अवसरमा आगामी माघ १८, १९ र २० गते तीन दिन गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालय, सङ्घसंस्था र बैंक तथा वित्तीय संस्थाहरू तीन दिनका लागि...

  • २०७८ माघ १६, आइतबार

    ल्होछारमा तीन दिन बिदा

    तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा यहाँका दुई गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । काभ्रेपलाञ्चोकको रोशी र तेमाल गाउँपालिकाले २८५८ औँ सोनाम ल्होछार ताक ९च्यान० ल्हो ९बाघ वर्ष०का अवसरमा आगामी माघ १८, १९ र २० गते तीन दिन गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालय, सङ्घसंस्था र बैंक तथा वित्तीय संस्थाहरू तीन दिनका लागि सार्वजनिक बिदा दिने...

  • २०७८ माघ १६, आइतबार

    अझै केही दिन मौसम सुधार नहुने

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने भएको छ । उक्त मौसमी प्रणालीका कारण केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।     राती प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहनाका साथै देशको उच्च पहाडी भू–...

  • २०७८ माघ १६, आइतबार

    खानेपानी महसुल निर्धारण आयोग गठन प्रक्रिया सुरु

    माघ १६, काठमाडौं - सरकारले खानेपानी महसुल निर्धारण आयोग गठन प्रक्रिया अगाडि बढाएको छ । आइतबार खानेपानीमन्त्री उमाकान्त चाैधरीले पत्रकार सम्मेलन गरी मन्त्रालयले खानेपानी महसुल निर्धारण आयोग गठन प्रक्रिया सुरु गरेको जानकारी दिए । आयोग गठनपछि समय सापेक्ष, वैज्ञानिक एवम् व्यवहारिक महसुलदर निर्धारण हुने अपेक्षा आफूले राखेको मन्त्री चौधरीले बताए । राज्यको ठूलो लगानी भइसकेका र अलपत्र परेका आयोजनालाई...

  • २०७८ माघ १६, आइतबार

    शहीद दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीबाट सन्देश जारी

    माघ १६, काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताएकी छिन् । शहीद दिवसका अवसरमा आइतबार सन्देश जारी गर्दै उनले दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका शहीदको आकांक्षा साकार पार्न मन, वचन र...

  • २०७८ माघ १६, आइतबार

    को हुन् शहीद ?

    माघ १६, काठमाडौं - नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषमा उल्लेख भएअनुसार शहीद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिन्छ । पछिल्लो समय जोसुकैलाई शहीद घोषणा गरिएको भन्दै विरोध हुने गरेको छ । कुनै घटना वा दुर्घटनामा परेकालाई पनि शहीद घोषणा गरिँदा देशका लागि जीवन आहूति दिनेको अपमान भएको...

  • २०७८ माघ १४, शुक्रबार

    सार्वजनिक यातायातमा जोर-बिजोर हटाउन सरकारलाई सिफारिस

    माघ १४, काठमाडौं - कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सार्वजनिक यातायातका साधनमा जोर-बिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीको सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गर्ने निर्णय गरेको हो । जोरबिजोर प्रणाली लागू गर्दा सडकमा कम सवारी साधन कुद्ने र जसले गर्दा कोचिएर हिँड्नु पर्ने अवस्था आएको भन्दै विरोध भएको थियो । साथै यसरी हिँड्दा कोरोना संक्रमण...

  • २०७८ माघ १४, शुक्रबार

    अनियमिता गरेको भए जेसुकै सजाय भोग्न तयार छु : धुर्मुस

    माघ १३ काठमाडौं -  धुमुर्स–सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले  रंगशाला निर्माणमा अनियमिता गरेको प्रमाणित भएमा जुनसुकै सजाय भोग्न तयार रहेको बताएका छन् ।  भरतपुर महानगरमा भएको अन्तक्रिया कार्यक्रममा फाउन्डेसनका अध्यक्ष कट्टेलले आर्थिक प्रतिवेदन काम भइरहेकाे बताउँदै अनावश्यक भ्रम फैलाइएको बताए ।  महानगरलाई स्वामित्त्व लिन पुस २ मा पत्र पठाउनु अगाडि पनि फाउन्डेसनकै पहलमा रंगशाला...

  • २०७८ माघ १४, शुक्रबार

    मनाङमा जनसंख्याभन्दा मतदाता धेरै

    माघ १३, काठमाडौं (रासस)- केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसंख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसंख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको  तथ्याङ्क विसं २०७४ को मतदाताको संख्याभन्दा कम  देखिएको छ ।  २०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसंख्या थियो ।  १० वर्षपछि जनसंख्या ३५५ ले घटेको देखिएको छ । उक्त ...

  • २०७८ माघ १३, बिहिबार

    सहिद धर्मभक्त माथेमाको सम्झना

    सहिद सप्ताहको चौथो दिन आज सहिद धर्मभक्त माथेमाको शालिकमा माल्यापर्ण गरी सम्झना गरिएको छ । प्रजातन्त्र प्राप्तिका लागि माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थलमा रहेको शालिकमा आज पुष्पगुच्छा अर्पण  गरी उहाँलाई स्मरण गरिएको छ । माथेमा जन्मिनुभएको ठाउँ काठमाडौँको ओमबहाल र अमरत्व प्राप्त गर्नुभएको ठाउँ सिफल उकालोमा महानगरले माथेमाको पूर्णकदको शालिक प्रतिस्थापन गरिसकेको छ । आज उहाँको उक्त शालिकमा नै...

  • २०७८ माघ १३, बिहिबार

    अनुमतिबिना तस्बिर,भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

    गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ ।  मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको छ । सार्वजनिकस्थलमा...

  • २०७८ माघ १२, बुधबार

    मास्क नलगाउनेलाई जरिवाना

    मकवानपुर जिल्लाका  सार्वजनिकस्थलमा मास्क नलगाई  हिँड्डुल गर्नेलाई जरिवाना गराउन थालिएको छ ।   जिल्ला प्रहरी कार्यालयबाट खटिएको  टोलीले विभिन्न स्थानबाट मास्क नलगाउने  ६० जनालाई  रु १०० का दरले जरिवाना गरेको हो ।    कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले मास्क नलगाइ  हिँड्डुल गर्नेलाई कारबाही गरिएको जानकारी दिनुभयो । उहाँले पटकपटक सचेत गराउँदासमेत आदेशको पालना नगरेकाले...

Pages