राष्ट्रिय
-
२०७८ पौष २०, मंगलबार
दिल्लीमा ओमिक्रोन बढेसँगै गड्डाचौकीमा परीक्षण तीव्र
कञ्चनपुर सीमा नाकामा ओमिक्रोनको सङ्क्रमण न्यूनीकरणका लागि पहल थालिएको छ ।कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट दिल्ली ३५२ किलोमिटरको दूरीमा छ । जहाँ तीव्र रुपमा ओमिक्रोन सङ्क्रमित देखिँदा सुदूरपश्चिम प्रदेश र यहाँका स्वास्थ्य कार्यालय भारतबाट स्वदेश फर्किनेलाई एन्टिजेन टेष्टका साथै कोरोना विरुद्धको खोप अभियान तीव्र रुपमा अघि बढाइएको छ । भारतमा दिल्ली, कर्नाटक, गुजरातलगायतका सहरमा सङ्क्रमण बढ्न...
-
२०७८ पौष १९, सोमबार
अङ्ग्रेजी नयाँ वर्षले पोखराको पर्यटनमा राहत
“सुन्दरी जनको ज्यादै गर्दा वर्णन प्रेमले । घुमी यो पोखरा हेर्न पाएनन् कालिदाशले ।। नत्र यौटा महाकाव्य उहिल्यै लेखिने थियो । संसारमा महान् ख्याति पोखराको हुने थियो ।।” संस्कृत साहित्यका महाकवि कालिदासको प्रसङ्ग उल्लेख गर्दै कवि मुकुन्दशरण उपाध्यायले आफ्नो वर्णनात्मक काव्य प्राकृत पोखराको ‘पोखरा’ शीर्षकको कवितामा सुन्दरताको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ । प्रकृतिको बरदान...
-
२०७८ पौष १८, आइतबार
जाडोको कारण स्थानीय तहद्वारा विद्यालय बन्द
जाडो बढ्दै गएपछि काभ्रेपलाञ्चोकको स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिन थालेका छन् । चार दिनअघिको वर्षाले चिसो बढ्दै गएपछि जिल्लाका तीन स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिइसकेका छन् । तेमाल गाउँपालिकाले यसै साताको वर्षाका कारण जाडो बढ्दै गएको जनाउँदै आजदेखि एक हप्ताका लागि आफ्नो क्षेत्रको सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्न निर्देशन दिएको छ । प्रमुख प्रशासकीय...
-
२०७८ पौष १७, शनिबार
प्रधानमन्त्री समक्ष संस्कृति संरक्षणको माग
परिवर्तन नेपालद्वारा संचालित नेपाली सस्कृती बचाऔ राष्ट्रिय महाअभियान केन्द्रिय सचिवालयको संयोजक सहितको प्रतिनीधि मण्डलले सम्माननिय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्युलाई भेटी देशमा बढदै गइरहेको साँस्कृतिक अतिक्रमण र विकृतिबारे जानकारी गराउँदै देशका पुरातात्विक सम्पदा एवं संकृतिलाई संरक्षण सम्बर्ध्दन गर्नका लागि राज्यको तर्फबाट बिशेष चासो र पहल हुनुपर्ने माग गरेको छ । सो अवसरमम कुनैपनि देशको...
-
२०७८ पौष १६, शुक्रबार
आजबाट विद्युत् झ्याप्प-झ्याप्प जाँदैन - कुलमान
पुस १६, काठमाडौं - नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताएका छन् । शुक्रबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको र आजबाट समस्या समाधान हुने बताएका हुन् । उनले विद्युत सप्लाई नपुगेर...
-
२०७८ पौष १५, बिहिबार
सुदूरपश्चिम पहाडमा भूकम्पको धक्का
बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । गए राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट राजेश शर्माका अनुसार चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु भने भारतमा रहेको छ । भारतको उत्तराखण्ड प्रदेशको खाडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो ।...
-
२०७८ पौष १५, बिहिबार
तमु ल्होसार पर्वका अवसरमा अध्यक्ष प्रचण्डको शुभकामना
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको सङ्घर्ष र वीरतापूर्ण बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण उत्पीडित समुदायबीच सहिष्णुता र आपसी ऐक्यबद्धता अपरिहार्य रहेको बताउनुभएको छ । नेपाली जनताका बीचको सुदृढ राष्ट्रिय एकताबाट संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न र नेपाली भूमिबाट नयाँ विचारको विकास गर्न सम्भव रहेको...
-
२०७८ पौष १३, मंगलबार
अध्यक्ष दाहालको दस्तावेजमाथि सामूहिक छलफल सुरु
नेकपा (माओवादी केन्द्र) को बन्दसत्रमा पेश भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको दस्तावेज र स्थायी समिति सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदा प्रस्तावमाथि सामूहिक छलफल सुरु भएको छ । आइतबारदेखि सुरु भएको माओवादीको आठाँै राष्ट्रिय महाधिवशेनको बन्दसत्रले अध्यक्षको वैचारिक र राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ समूह बनाएको...
-
२०७८ पौष ९, शुक्रबार
लियो क्लब अफ काठमाडौं कोहिनुरको सहयोग तनहुँको विद्यालयलाई
लियो क्लब अफ काठमाडौं कोहिनुर र जापान स्थित पुस्तकालय ए.पि.यु. संस्थाले तनहुँ जिल्लाको रिसिङ्ग स्थित श्री शिव सरस्वति माध्यमिक विद्यालयमा द बुक क्लब नामक एक युवा ग्रुपसँग मिलेर "Building Nations Through Building Libraries" नामक कार्यक्रम अन्तर्गत गत फेब्रुअरीमा स्थापित गरिएको पुस्तकालयलाई द लियो क्लब अफ काठमाडौं कोहिनुर र पुस्तकालय ए.पि.यु. ले यस पटक "Learner's Room: A Path to Wisdom" नामक...
-
२०७८ पौष ८, बिहिबार
रङगशाला निर्माणबाट धुर्मुस सुन्तलीले झिके हात
८ पुस, विराटनगर - चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस सुन्तलीले हात झिकेका छन् । उनीहरुले सरकारलाई स्वामित्व लिन पत्र लेख्दै रंगशाला निमार्णबाट हात झिकेपछि रंगशाला निमार्णका क्रममा लागेको १७ करोड ऋण कसले तिर्छ भन्ने वहस सुरु भएको छ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको स्वामित्व लिनका लागि धुर्मुस–सुन्तली...
-
२०७८ पौष ५, सोमबार
सम्पदाहरुको पुनर्निर्माण सकिन अझै एक वर्ष लाग्ने
५ पुस, काठमाडौँ - पुरातत्व विभागले आगामी आर्थिक वर्ष भित्र भूकम्पले ध्वस्त बनाएका पुरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । विभागका महानिर्देशक दामोदर गौतमले आगामी आर्थिक वर्षभित्र भूकम्पले ध्वस्त बनाएका सम्पदाहरुको पुनर्निर्माण कार्य सम्पन्न गरिसक्ने तर त्यसका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताए । सोमबार संघीय संसद प्रतिनिधिसभा...
-
२०७८ मङ्सिर २७, सोमबार
कांग्रेस महाधिवेशनमा पत्रकारमाथि दुव्र्यवहार भएकोप्रति महासङ्घको ध्यानाकर्षण
नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा समाचार सङ्कलनका लागि पुगेका पत्रकारमाथि प्रहरी र निर्वाचन समितिका सदस्यबाट दुव्र्यवहार भएको घटनाप्रति नेपल पत्रकार महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ । महाधिवेशनका क्रममा आज तीन घण्टा ढिलो गरी सुरु भएको मतदानको फोटो खिच्न जान लागेका पत्रकालाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले भित्र जान नदिई दुव्र्यवहार गर्दै समाचार सङ्कलनमा रोक लगाएका थिए । समाचार...


