राष्ट्रिय
-
२०७८ मङ्सिर २०, सोमबार
पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासोको सुनुवाई
प्रेस काउन्सिल नेपालको आयोजनामा मिडियाकर्मिहरु बीच बृहत छलफल सम्पन्न भएको छ । सो छलफलमा पत्रपत्रिकाको वर्गीकरण समयमानै हुनुपर्ने, अनलाइनलाई लोकल्याणकारी विज्ञापन दिइनुपर्ने, युट्युवलाई कानुनको दायरामा ल्याइनुपर्ने तथा पत्रकार आचारसंहिताको पूर्ण कार्यान्वयन हुनुपर्ने लगायत विषयमा सञ्चारकर्मीहरूले विभिन्न सुझाव दिएका छन् । पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई कार्यक्रमका...
-
२०७८ मङ्सिर १५, बुधबार
सर्वोच्चमा पहिलोपटक गोला प्रक्रियाबाट पेसी, कसको इजलासमा कति मुद्दा ?
काठमाडौँ, १५ मङ्सिर (रासस) ः नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ भएको छ । सर्वोच्च अदालतको नियमावली संशोधन गरी पहिलोपटक गोला तानेर इजलास गठन गर्ने र गोला तानेर नै मुद्दाको सुनुवाइमा भाग लिने अभ्यास प्रारम्भ भएको हो । उक्त प्रक्रियाबाट सर्वोच्च अदालतमा ११ वटा इजलास गठन भएका छन् । तीमध्ये संयुक्त नौवटा र एकल दुईवटा...
-
२०७८ मङ्सिर ११, शनिबार
मध्यम आययुक्त विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतिः अबका अवसर र चुनौती
११ मंसिर, काठमाडौँ - संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाको ४०औँ पूर्ण बैठकले नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नति गर्ने प्रस्ताव गत बिहीबार सर्वसम्मतिले पारित गरेसँगै अबका पाँच वर्षमा राजनीतिक स्थायित्व कायम गर्दै राष्ट्रिय आयआर्जनका गतिविधिमा सबैको अर्जुनदृष्टि पुग्नु अपरिहार्य भएको छ । पन्ध्रौँ आवधिक योजनामा प्रतिबिम्बित ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा र राष्ट्र विकासको...
-
२०७८ कार्तिक २९, सोमबार
विश्वको उच्च स्थानमा सामुहिक रक्तदानको कीर्तिमान
लायन्स क्लब अफ काठमाण्डु ब्लड सर्कलले साेलुखुम्बुकाे सल्लेरीस्थित याेङ स्टार क्लबसँगकाे सहकार्यमा दुई हजार तीन सय पचास मिटर उच्च ठाउँमा ७१ जनाले रक्तदान गरेर विश्व कीर्तिमान बनाएकाे छ । सल्लेरी बजार प्रदेश नं. १ अन्तर्गत सगरमाथाकाे अाधार शिबिर जाने मुख्य नाका तथा जिल्लाकाे सदरमुकाम हाे । आयाेजक टिमका अनिल तुलाधरले साेही दाबीलाई गिनिज बुक अफ वर्ड रेकर्डकाे लागि पहल गर्ने समेत जनाए । 'यसअघि यति...
-
२०७८ कार्तिक २९, सोमबार
आज हरिबोधिनी एकादशी : तुलसी दामोदरको विवाह गरी मनाइँदै
पूर्णप्रसाद मिश्र/रासस काठमाडौँ, २९ कात्तिक- कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका...
-
२०७८ कार्तिक २८, आइतबार
वरिष्ठ साहित्यकार बजिमयको निधन
वरिष्ठ साहित्यकार एवं चर्चित कवि प्राज्ञ विजय बजिमयको आज निधन भएको छ । शारीरिकरूपमा जन्मजात अपाङ्ग भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिनुभएका बजिमय २०१४ साल चैत २३ गते पोखराको मोहरिया टोलमा जन्मनुभएको थियो । विसं २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट लेखन सुरू गर्नुभएका लोकतान्त्रिक स्रष्टा बजिमयको ‘समय भनेको समय हो’ (कविता सङ्ग्रह), ‘...
-
२०७८ कार्तिक २४, बुधबार
छठ पर्वको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना
२४ कात्तिक, काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने शुभकामना सन्देशमा भनिएको छ । ...
-
२०७८ कार्तिक २४, बुधबार
सूर्यदेवको पूजा आराधना गरी मनाइँदै छठ
२४ कात्तिक, काठमाडौँ - छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट...
-
२०७८ कार्तिक २३, मंगलबार
राष्ट्रिय जनगणना : गणकलाई असहयोग गरे दुई महिना जेल सजाय
२३ कात्तिक, काठमाडौं - राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलि बुधबारबाट मूल गणना सुरु हुने भएको छ । विवरण संकलनका लागि बिहीबारदेखि गणकहरु घर-घरमा आउँदैछन् । उनीहरुले आवश्यकताका आधारमा ५५ देखि ८० वटा प्रश्न सोध्नेछन् । यदी तपाईंले उनीहरुलाई असहयोग गर्नुभयो, मागेको सूचना दिन इन्कार गर्नुभयो वा झुटो सूचना दिनुभयो भने कारबाहीमा पर्न सक्नुहुन्छ । कानुनतः जनगणनामा असहयोग गर्नेलाई दुई महिना कैद वा दुई सय...
-
२०७८ कार्तिक २३, मंगलबार
राष्ट्रिय जनगणना : भोलिदेखि मूल गणना हुने
२३ कार्तिक, काठमाडौँ - राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलि बुधबारबाट मूल गणना हुने भएको छ । ९ मंसिरसम्म हुने जनगणनाका लागि तयारी पूरा भएको तथ्यांक विभागका महानिर्देशक महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए । मूल गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षक खटिने छन् । नेपालमा हरेक १०–१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ । यसअघि ३० भदौबाट सुरु भएको सूचीकरण १८ असोजसम्म चलेको...
-
२०७८ कार्तिक २०, शनिबार
यमपञ्चकको आज पाँचौं दिन भाइटीका, उत्तम साइत ११:०२ मा
२० कात्तिक, काठमाडौँ - यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई...
-
२०७८ कार्तिक २०, शनिबार
आज भाइटीका : राष्ट्रपति र उपराष्ट्रपतिबाट शुभकामना व्यक्त
२० कात्तिक, काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु-याउने विश्वास व्यक्त गर्नुभएको छ । नेपालीको महान् चाड तिहार २०७८ को अवसरमा राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा सो विश्वास व्यक्त गर्नुभएको हो । उहाँले सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका...


