राष्ट्रिय
-
२०७८ आश्विन ५, मंगलबार
काठमाडौँ उपत्यकाको प्रहरीलाई प्रदेशमातहत ल्याउन पहल
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा अजयक्रान्ति शाक्यले काठमाडौँ उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौँका प्रहरी प्रदेश सरकारको मातहतमा नल्याइँदा जटिलता आउने बताउनुभएको छ । मन्त्री शाक्यले प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ र सोको नियमावलीसमेत बनिसकेको र प्रदेशमा पनि प्रदेश प्रहरी ऐन बनिसकेको अवस्थामा प्रहरी कर्मचारी समायोजन कार्यलाई सङ्घीय सरकारले अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।...
-
२०७८ आश्विन ४, सोमबार
दलित पत्रकार सङ्घद्वारा पत्रकारिता पुरस्कार स्थापना
चितवन - राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपाल चितवन शाखाले ‘चूडामणि बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, उत्कृष्ट पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । पुरस्कारको राशि रु १५ हजार र रु पाँच ÷ पाँच हजार छ । भरतपुर महानगरपालिका–१ निवासी युवा व्यवसायी अर्जुन रसाइली सुनार र नीता रसाइलीको आर्थिक सहयोगमा सङ्घले ती पुरस्कार स्थापना गरेको हो । यसका लागि द्विपक्षीय...
-
२०७८ आश्विन ३, आइतबार
देशभर संविधान दिवस मनाइँदै
नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक रहेको छ । तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)का बीचमा भएको शान्ति सम्झौता, अन्तरिम...
-
२०७८ भाद्र ३०, बुधबार
पाथीभरा मन्दिर असोज १ देखि खुल्ने
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो । हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शनको यामसमेत सुरु भएकाले असोज १ गतेदेखि खुला गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले आज प्रेस विज्ञप्ति जारी...
-
२०७८ भाद्र ३०, बुधबार
वीरगञ्जमा पहिलोपटकआइपुग्यो निजी क्षेत्रको रेल
वीरगञ्ज - नेपाल–भारत रेल्वे सम्झौता भएसँगै पहिलोपटक वीरगञ्ज सुख्खा बन्दरगाहमा निजी क्षेत्रको रेल आएको छ। बुधबार हिन्द टर्मिनल प्रालिको भारतीय रेल ९० वटा कन्टेनर बोकेर सुख्खा बन्दरगाहमा आएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए। उनले भने, ‘हल्दियाबाट एक र्याकको कार्गो रेल बुधबार बिहान १० बजे सुख्खा बन्दरगाह आइपुगेको छ । खाद्यान्नको २० फिट अग्लो ९०...
-
२०७८ भाद्र २६, शनिबार
आज ऋषिपञ्चमी, सप्तऋषिको पूजाआजा गरी मनाइँदै
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्। हरितालिका तीजको व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने...
-
२०७८ भाद्र २४, बिहिबार
महालेखाले रोक्यो तलब-भत्ताबाहेकका सबै बजेट निकासा
काठमाडौं - महालेखा नियन्त्रक कार्यालयले तलब, भत्ता, निवृत्तभरण बाहेकका सबै बजेट निकासा ३ दिनका लागि रोकेको छ । कार्यालयले मातहतका निकायमा पत्राचार गर्दै भदौ २४ देखि २६ गतेसम्म सबै मतहतका कार्यालयमा बजेट निकासा नगर्न निर्देशन दिएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश नियन्त्रक कार्यालय र प्रदेश इकाइ कार्यालयहरुलाई पत्र लेखेर मातहतका कार्यालयलाई निकासा नदिन भनेका छ । पत्रमा भनिएको छ, ‘...
-
२०७८ भाद्र २४, बिहिबार
प्रधानमन्त्री र उपराष्ट्रपतिद्वारा तीजको शुभकामना
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई समुन्नत समाजको निर्माणमा अभिवृद्धि गर्न उत्प्रेरित...
-
२०७८ भाद्र २४, बिहिबार
पुरुष र महिला दुवैले गर्नुपर्ने तीज व्रत
काठमाडौं - शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज)को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । भाद्र...
-
२०७८ भाद्र २३, बुधबार
चार महिनापछि खुल्यो मनकामना मन्दिर
नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि आजदेखि खुलेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि पूजाआजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुल्ला गरिएको मन्दिरका मूलपुजारी इन्सानबहादुर थापामगरले जानकारी दिए । मनकामना क्षेत्र विकास समितिले मन्दिरमा सरकारले तोकेको स्वस्थ्य मापदण्डको पालना गर्ने गरी सर्वसाधारणका...
-
२०७८ भाद्र २२, मंगलबार
आज बाबुको मुख हेर्ने पर्व, पितालाई विशेष सम्मान गरी मनाइँदै
काठमाडौं - प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ-आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । आजको दिन विशेषगरी उत्तरगया भनेर...
-
२०७८ भाद्र २०, आइतबार
आजदेखि लाइसेन्सको परीक्षा पुनः सञ्चालनमा
काठमाडौँ - बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुनः सञ्चालन गर्दैछ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए । मन्त्रालयद्वारा यही भदौ १३ मा जारी सूचनामा प्रयोगात्मक परीक्षाका लागि आवेदन दिइ बायोमेट्रिक गरेका लिखित परीक्षा र लिखित परीक्षा दिइ प्रयोगात्मक परीक्षामा (ट्रायल) संलग्न...


