STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७८ आषाढ ८, मंगलबार

    नेपाल प्रहरीका ५७ डीएसपीको सरुवा (नामावलीसहित)

    काठमाडौं - नेपाल प्रहरीका ५७ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ । आजै एसपीहरुको पनि सरुवा भएको थियो ।

  • २०७८ आषाढ ६, आइतबार

    पत्रकारलाई कोरोनाविरुद्धको खोप दिन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं - सर्वोच्च अदालतले अग्रपङ्क्तिमा खटिएर काम गर्ने पत्रकारलाई कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ । अर्थसन्सार डटकमका प्रधान सम्पादक तथा अधिवक्ता लीलानाथ घिमिरेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले पत्रकारको पेसागत प्रकृति र परिस्थिति, जनसमुदायमा पुग्नुपर्ने र जनसम्पर्कमा हुनुपर्ने भएकाले विशेष परिस्थितिलाई मध्यनजर गरेर पहिलो खोप...

  • २०७८ आषाढ ५, शनिबार

    महाकालीमा पानीको वहाब खतरानजिक

    महाकाली नदीमा पानीको वहाव बढेर खतरा तहनजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाकाले सूचना जारी गर्दै शनिबार साँझ ५:३० बजे डडेल्धुराको परीगाउँनजिक पानीको वहाब बढेर खतराको तहनजिक पुगेको जानकारी दिएको हो । बाढी पूर्वानुमान महाशाखाका अनुसार ५:३० बजे महाकालीमा पानी वहाब ६.२ मिटर पुगेको छ । महाशाखाले महाकाली नदीको जलाधार क्षेत्रमा वर्षा भइरहेकाले भोलि...

  • २०७८ जेठ ३१, सोमबार

    जनगणना साउनदेखि सुरु

    काठमाडौं - कोरोना भाइरस (कोभिड १९) महामारीका कारण स्थगित भएको राष्ट्रिय जनगणना कार्यक्रम साउन महिनादेखि सुरु गर्ने गरी विभागले काम अघि बढाएको जनाएको छ । तथ्याङ्क विभागका जनगणना शाखा प्रमुख डुण्डीराज लामिछानेका अनुसार कोरोना महामारीको अवस्था असारसम्ममा कम भए सरकारसँग अनुमति लिएर साउनदेखि शुरु गरेर भदौ वा असोज भित्रमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई हेर्ने र...

  • २०७८ जेठ २८, शुक्रबार

    लक्षित समूहले खोप नपाएको गुनासो

    तनहुँको भानु नगरपालिका–११ रुपाकोटमा लक्षित समूहले कोभिड विरुद्धको खोप नपाएको गुनासो आएको छ । बैसठ्ठी देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई सञ्चालन गरिएको भेरोसेल खोप लक्षित समूहले नपाएको स्थानीयवासीले गुनासो गरेका हुन् । स्थानीयवासी रमेश अधिकारीले आफ्ना बाबुलाई खोप लगाउन जाँदा स्वास्थ्यकर्मीले खोप सकियो भनेर फिर्ता पठाएको बताउनुभयो । “बुबा ६४ वर्षको हुनुभयो, खोप लगाउन जाँदा त खोप छैन भनेर फिर्ता...

  • २०७८ जेठ २०, बिहिबार

    प्रेस काउन्सिलको अध्यक्षमा बस्नेत नियुक्त

    सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई चार वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो । पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य रहेका बस्नेत कान्तिपुर दैनिकमा लामो समय काम गरेका थिए ।

  • २०७८ जेठ १५, शनिबार

    स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि, कोभिड–१९ को नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड विनियोजन

    सरकारले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सिंहदरवारमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै गतवर्ष भन्दा यसवर्ष स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गरिएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य क्षेत्रको एक खर्व २२ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले सरकारले  कोरोना सङ्क्रमण न्यूनिकरणका लागि बजेट केन्द्रीकृत...

  • २०७८ जेठ १४, शुक्रबार

    कतार, चीन र टर्कीका लागि उडान खुला गर्ने निर्णय

    काठमाडौं  -मन्त्रिपरिषद बैठकले तीन देशका लागि सातामा एक दिन अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । खासगरी स्वास्थ्य सामग्रीको ओसार पसारलाई लक्षित गरी उडान खुला गर्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  बसेको मन्त्रिपरिषद बैठकले कतार, चीन र टर्कीका लागि उडान खुला गर्ने निर्णय गरेको हो । कति गतेदेखि उडान खोल्ने...

  • २०७८ जेठ १२, बुधबार

    १० लाख डोज खोप दिने चीनको घोषणा

    चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार चिनियाँ समकक्षी सी चिङफिङसँग फोन संवाद गर्दै खोप उपलब्ध गराउन आग्रह गरेपछि १० लाख डोज खोप दिने घोषणा गरेको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको जानकारी दिइन् । नेपालले चीनमा उत्पादित सिनोफार्मको खोपलाई आपत्कालीन प्रयोगका...

  • २०७८ जेठ १२, बुधबार

    मातृभाषा पत्रकारिताको अझ विकास गर्नुपर्नेमा जोड

    छैठौं मातृभाषा पत्रकारिता दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले आज आयोजना गरेको भच्र्युअल अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले नेपालमा मातृभाषा पत्रकारिताको विकासका लागि   प्रजातन्त्र मात्र आएर नपुग्ने सरोकारवालाहरुले बताएका छन् भने  राज्यले विशेष प्याकेज नै ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार सुरेश किरण मानन्धरले देशमा धेरै पल्ट राजनीतिक परिवर्तन भएपनि मातृभाषा...

  • २०७८ जेठ १२, बुधबार

    बुद्धजन्मस्थलबारे कतिपय मुलुकका पाठ्यक्रमका त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराउनुभएको छ । प्रधानमन्त्री ओलीले दुई हजार ५६५आँैं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा दिनुभएको सन्देशमा भन्नुभएको छ, ‘‘यस्ता कुराहरु नसच्चिएको भन्ने पनि सुनिन आएको छ । म सबैमा यस्ता...

  • २०७८ जेठ १२, बुधबार

    गौतम बुद्धका मार्गदर्शन आत्मसात् गर्न सकेमा राष्ट्रिय एकता सुदृढ हुने छ : राष्ट्रपति

    काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशका बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि  शुभकामना व्यक्त गर्दछु । विश्विले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको जनाउँदै उहाँले...

Pages