STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मास्क नलगाउनेलाई जरिवाना

Janjati Khabar | २०७८ माघ १२, बुधबार

मकवानपुर जिल्लाका  सार्वजनिकस्थलमा मास्क नलगाई  हिँड्डुल गर्नेलाई जरिवाना गराउन थालिएको छ ।   जिल्ला प्रहरी कार्यालयबाट खटिएको  टोलीले विभिन्न स्थानबाट मास्क नलगाउने  ६० जनालाई  रु १०० का दरले जरिवाना गरेको हो ।   

कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले मास्क नलगाइ  हिँड्डुल गर्नेलाई कारबाही गरिएको जानकारी दिनुभयो । उहाँले पटकपटक सचेत गराउँदासमेत आदेशको पालना नगरेकाले कारबाहीस्वरुप जरिवाना गरिएको  बताउनुभयो ।  उनीहरुलाई कोभिड–१९  सङ्क्रामक  रोग नियन्त्रण ऐन २०२० बमोजिम जरिवाना गराइएको हो । यही माघ ९ गते बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले  जिल्लाको सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्डुल गर्नेलाई जरिवाना गर्ने निर्णय गरेको थियो । साथै प्रहरीले हेटौँडामा मास्क वितरण गर्नुका साथै  सङ्क्रमणबाट सचेत रहन आग्रह गर्दै आएको  छ ।

Categorized in राष्ट्रिय