STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खानेपानी महसुल निर्धारण आयोग गठन प्रक्रिया सुरु

Janjati Khabar – Janjati Khabar | २०७८ माघ १६, आइतबार

माघ १६, काठमाडौं - सरकारले खानेपानी महसुल निर्धारण आयोग गठन प्रक्रिया अगाडि बढाएको छ । आइतबार खानेपानीमन्त्री उमाकान्त चाैधरीले पत्रकार सम्मेलन गरी मन्त्रालयले खानेपानी महसुल निर्धारण आयोग गठन प्रक्रिया सुरु गरेको जानकारी दिए ।

आयोग गठनपछि समय सापेक्ष, वैज्ञानिक एवम् व्यवहारिक महसुलदर निर्धारण हुने अपेक्षा आफूले राखेको मन्त्री चौधरीले बताए । राज्यको ठूलो लगानी भइसकेका र अलपत्र परेका आयोजनालाई पूर्णता दिन नीतिगत सुधारका लागि प्रक्रिया अगाडि बढाइएको पनि उनले जानकारी दिए ।

आगामी दिनमा मन्त्रालयले खानेपानीका स्रोतहरूका संरक्षण र मूल फुटाउ अभियान संचालन गर्नका लागि एकीकृत जलश्रोत संरक्षण व्यवस्थापन गर्न विशेष कार्यक्रम ल्याउने मन्त्री चौधरीले बताए । उनले दिगो विकासको लक्ष्य २०३० हासिल गर्न गुणस्तरीय खानेपानी वितरणका लागि पानीको परीक्षणलाई व्यापकता दिइने र प्रशोधनयुक्त ढल प्रणालीका लागि यसै वर्षबाट विशेष कार्यक्रम सञ्चालनमा ल्याFइने जानकारी दिए । उनले सरकारले घोषणा गर्दै आएको खुला दिशामुक्त क्षेत्रको दिगोपनका लागि प्रदेश सरकार, स्थानीय तह र सरोकारवाला निकायसँगको सहकार्य गरी विशेष कार्यक्रम ल्याउने पनि बताए ।

हालै नारायणी, नवलपुर, भरतपुर र दाङमा सहलगानी खानेपानी तथा सरसफाइका आयोजनाहरू सम्पन्न भएको प्रगति विवरण मन्त्री चौधरीले सार्वजनिक गरे । शहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तरगत कञ्चनपुरमा सिद्धनाथ–बैजनाथ शहरी खानेपानी आयोजना सम्पन्न भएको, थोक खानेपानी (बल्क वाटर) वितरण प्रणालीअन्तरगत कर्णाली, सुनकोशी–मरिनको अध्ययन भइरहेको तथा राप्ती, नारायणी, कोसी र महाकालीको अध्ययनका लागि परामर्शदाता छनोट गर्ने कार्य प्रक्रियामा रहेको उनले जानकारी दिए ।

त्यसैगरी, काठमाडौं उपत्यकामा खानेपानीको वैकल्पिक व्यवस्थापनका लागि मन्त्रालयको पहलमा सिस्नेरी श्रोतको सम्भाव्यता अध्ययन भइरहेको र भक्तपुरको महादेव खोला जलासययुक्त खानेपानीको अध्ययनका लागि खरिद प्रक्रिया अघि बढाइएको मन्त्री चौधरीले बताए । खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तरगत विभिन्न आयोजनाका १५ योजनाहरूको खरिद प्रक्रिया सम्पन्न भई निर्माण चरणमा रहेको पनि उनले बताए ।

Categorized in राष्ट्रिय