STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७७ पौष १०, शुक्रबार

    प्रचण्ड–माधव समूह निर्वाचन आयोगमा

    काठमाडौं - नेकपा प्रचण्ड–माधव समूहका नेताहररू निर्वाचन आयोग गएका छन् । प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुको अगुवाईमा माइतीघर मण्डलाबाट जुलस सुरु भएको थियो । जमलमा प्रहरीले जुलुसलाई रोकेको थियाे । निर्वाचन आयोग परिसर क्षेत्रमा निषेधित क्षेत्र भएको भन्दै प्रहरीले रोकेको हो । त्यसपछि प्रचण्ड–माधव समूहका शीर्ष नेताहरु मात्र आयोग पुगेका छन् ।

  • २०७७ पौष १०, शुक्रबार

    मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य प्रस्तावित

    बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ ।  नेकपा प्रचण्ड–माधव नेपाल समूहले आज मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा अबको मुख्यमन्त्रीमा शाक्यलाई प्रस्ताव गरेको हो । आज साढे ११ बजे प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा ४५ जनाले हस्ताक्षर गरेका छन् । उनीहरुले शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै विपक्षी दलसँग संवाद अगाडि बढाएका छन् ।...

  • २०७७ पौष १०, शुक्रबार

    मुख्यमन्त्री डाेरमणि पाैडेलविरुद्ध अविश्वासको प्रस्ताव

    बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।  बिहान साढे ११ बजे पौडेलविरुद्ध नेकपाको प्रचण्ड–माधव नेपाल समूहका ४५ नेताले हस्ताक्षर गरी अविश्वासका प्रस्ताव दर्ता गराएका थिए। पौडेल केपी ओली समूहमा छन् । पौडेल २०७४ साल माघ २६ गते तत्कालिन एमालेको प्रदेश संसदीय दलमा निर्वाचित भएका थिए । मुख्यमन्त्रीका लागि आकांक्षी सिनियर नेता अष्टलक्ष्मी शाक्यलाई १० भोट...

  • २०७७ पौष १०, शुक्रबार

    बागमती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

    काठमाडौं – बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका छन् ।

  • २०७७ पौष १०, शुक्रबार

    मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुन्छ : ज्ञवाली

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुर्नगठन छिट्टै नै हुने बताएका छन् । नेकपाको बिहीबार बालुवाटारमा भएको तेस्रो बैठकको निर्णयबारे जानकारी गराउँदै केन्द्रीय कमिटी बैठक सकिएपछि पहिलो काम मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन्  ।    यही ५ पुसमा सरकारका सातजना मन्त्रीले राजीनामा दिएका थिए । प्रवक्ता ज्ञवालीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ...

  • २०७७ पौष ९, बिहिबार

    कांग्रेसकाे कार्यसमिति बैठक भाेलि पनि बस्दै

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । सदस्यहरूको बोल्नेक्रम जारी रहेकाले बैठक भोलिसम्मका लागि सारिएको हो ।  आजको बैठकमा नेताहरू विमलेन्द्र निधि, अर्जुननरसिंह केसी र प्रकाश शरण महतले धारणा राखेका छन् । आजको बैठकले १३ पुसमा सरकारविरुद्ध देशभरका निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।  सरकारले प्रतिनिधिसभा विघटन गरेपछि संस्थागत धारणा बनाउन...

  • २०७७ पौष ९, बिहिबार

    प्रचण्ड ओलीकाे कारबाहीमा

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी ओली समूहले कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहाललाई कारबाही गरेको छ । विधान, पदीय जिम्मेवारी प्रतिकूल काम गरेको भन्दै उनलाई केन्द्रीय कमिटी बैठकले कारबाही गरेको जनाइएको छ । यस्तै बैठकले सातै प्रदेशमा पार्टी समन्वय गर्ने जिम्मेवारी पनि तोकेको छ । जसअनुसार सुदूरपश्चिम संयोजक लेखराज भट्ट, कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ,...

  • २०७७ पौष ९, बिहिबार

    महिला संगठनहरु पनि संसद विघटनविरुद्ध आन्दोलनमा

    काठमाडौं – विभिन्न चार राजनीतिक दलका महिला संगठनहरुले प्रतिनिधि सभा विघटनको विरोध गर्दै संयुक्त संघर्षका कार्यक्रम घोषणा गरेका छन् । बिहिबार अखिल नेपाल महिला संघ(अनेम), समाजवादी महिला संघ नेपाल, अखिल नेपाल महिला संघ र साझा विवेकशिल (महिला) संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । पुष ५ गते मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिद्धारा गरिएको संसद विघटनको विरोधमा...

  • २०७७ पौष ९, बिहिबार

    आज पनि ओली–प्रचण्ड समूहकाे बेग्लाबेग्लै केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौं – सत्तारुढ नेकपा विभाजनउन्मुख भईरहँदा दुवै समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। प्रचण्ड–माधव नेपाल पक्षको बैठक अहिले साढे ११ बजे बबरमहलस्थित एक ब्याङ्क्वेटमा बस्दैछ । बैठकले संसद विघटनविरुद्ध विरोधका कार्यक्रम घोषणा गर्ने नेतृ पम्फा भुषालले जानकारी दिइन्। यसअघि मंगलबार बसेको बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउँदै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष...

  • २०७७ पौष ९, बिहिबार

    रामबहादुर थापाले ओली खेमामा

    गृहमन्त्री रामबहादुर थापाले आफ्ना निकटवर्तीलाई आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने निर्णयमा पुगेको जानकारी दिएको बताइएको छ। उनीनिकट मानिने लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले बुधवार राति सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, बादलजी सम्बन्ध तोडिन्न, तपाईसँग सति जान सकिएन। तपाईँको प्रगति होस्। खरेलले बुधवार राति गृहमन्त्री थापाको सचिवालयबाट उनी प्रधानमन्त्री पक्षमा लागेको जानकारी आफूलाई...

  • २०७७ पौष ९, बिहिबार

    कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने

    काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ। बुधबार पार्टी कार्यालय बीपी स्मृति भवन ललितपुरमा सुरु भएको बैठकमा प्रतिनिधिसभा विघटनबारे छलफलमा केन्द्रीत भएको हो । कांग्रेसले संसद विघटन विरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरे पनि प्रदर्शनको मिति र कार्यक्रम आज बिहीबारको बैठकले तय गरी सार्वजनिक गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले...

  • २०७७ पौष ८, बुधबार

    प्रतिनिधिसभा विघटनप्रति नेवार अधिकारकर्मीहरु चिन्तित (पूर्ण पाठसहित)

    काठमाडौं – सरकारले प्रतिनिधिसभा विघटन गरेको घटनाले नेवार अधिकार र हकहित सुरक्षामा कार्यरत अधिकारकर्मीहरु चिन्तित बनेका छन् । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेवार अधिकारकर्मीहरुले प्रतिनिधिसभा विघटनको घटनाले २०६२÷०६३ को जनआन्दोलनबाट प्राप्त धर्म निरपेक्षता, गणतन्त्र जस्ता सीमित उपलब्धीहरू पनि समाप्त हुने ठूलो सम्भावना व्यक्त गरेका छन् । नेवार अगुवाहरु दुर्गालाल श्रेष्ठ, हितकरवीर सिंश कंसाकार...

Pages