STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७७ पौष १५, बुधबार

    नेकपाको बैंक खाता राेक्न प्रचण्ड–माधव समूहको पत्राचार

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको बैंक खाता रोक्का गर्न बैंकहरुलाई पत्र लेखेका छन्। पार्टीभित्र विवाद रहेको र सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नभएको भन्दै उनीहरुले नेकपाको खाता रहेका बैंकहरुमा पत्र पठाएका हुन्। पुस १२ गतेको मिति उल्लेख भएको पत्र बुधबार बैंकहरुमा पुगेको छ । एक बैंकको सीईओले भने...

  • २०७७ पौष १५, बुधबार

    नेकपा वाग्मती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य, डोरमणी हटाइए

    मकवानपुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वागमती प्रदेश सभा संसदीय दलको बैठकले अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरेको छ । यसबारे  दाहाल–नेपाल सूमहले प्रदेशसभा सचिवालयलाई जानकारी गराउने भएको छ । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (बुधबार) बसेको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउँदै शाक्यलाई दलको नेता चयन गरेको हो । वाग्मती प्रदेशको प्रस्तावित मुख्यमन्त्री शाक्यले बोलाएको प्रदेश...

  • २०७७ पौष १५, बुधबार

    मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेका निवेदन ’हेर्न भ्याइएन’

    काठमाडौँ – प्रतिनिधिसभा विघटनपछि सरकारले गरेको मन्त्रिपरिषद् पुनर्गठनका विरुद्धमा परेका निवेदनमाथि सर्वोच्च अदालतमा बुधबार तोकिएको सुनुवाइ स्थगित भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले दायर गरेका निवेदन एकल इजलासमा सुनुवाइ तोकिएपनि ’हेर्न नभ्याइएकाले’ स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चले न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई एकल इजलासका लागि तोकेको थियो ।...

  • २०७७ पौष १५, बुधबार

    प्रचण्ड–माधव समूहको बैठक बस्दै, ओली कार्यकर्ता भेलामा

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दैछ भने उता ओली पनि कार्यकर्ता भेलामा सहभागी हुने भएका छन् । सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बस्नेछ । बैठकलगत्तै दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने सो पक्षको तयारी छ ।  प्रधानमन्त्री केपी शर्मा...

  • २०७७ पौष १४, मंगलबार

    राजधानीमा प्रचण्ड–नेपाल समूहकाे जुलुससहित प्रदर्शन

    काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको प्रदर्शन राजधानी उपत्यकासहित देशभर सुरु भएको छ । राजधानी उपत्यकाका विभिन्न ठाउँबाट जुलुस सहितको प्रदर्शन निस्किएको छ । यो समूहको जुलुस टेकु, कुलेश्वर, कुपण्डोल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, न्यूरोड, नक्शाल, रत्नपार्क, त्रिचन्द्र कलेज, बागबजार, वाल्मिकी क्याम्पस, लगायतका स्थानबाट निस्किएको छ । टेकुबाट युवराज ज्ञवाली, कुलेश्वरबाट बेदुराम भुसाल, कुपण्डोलबाट...

  • २०७७ पौष १४, मंगलबार

    नेकपाविरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए । ९ कात्तिकमा आयोगले नेकपाको पक्षमा फैसला सुनायो । त्यसविरुद्ध कट्टेल २१ मंसिर २०७५ मा सर्वोच्च गए । यो मुद्दा सर्वोच्चमा विचाराधीन थियो । तर...

  • २०७७ पौष १४, मंगलबार

    नेकपा विवाद : सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री बर्खास्त

    सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई पदमुक्त गरेका हुन् ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनसँगै त्यसको असर प्रदेश सरकारमा समेत देखिएको हो । प्रचण्ड–माधव पक्षका मुख्यमन्त्री त्रिलोचन भट्टले ओली पक्षका सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री बोहरालाई बर्खास्त गरेका हुन्। मुख्यमन्त्री भट्टले...

  • २०७७ पौष १४, मंगलबार

    'केपी ओली स्वाहा !'

    काठमाडौँ – प्रतिनिधिसभाको विघटनविरुद्ध नेकपाको दाहाल-नेपाल निकट अनेरास्ववियू वाल्मीकि क्याम्पस कमिटीले स्वाहा कार्यक्रमकाे आयोजना गर्दैछ ।  साेमबार अपरान्ह काठमाडौंस्थित वाल्मीकि क्याम्पसअघि स्वाहा कार्यक्रम आयोजना गरेका हुन् । व्यंग्यात्मक कार्यक्रममा विद्यार्थी तथा नेताहरुले ‘केपी ओली स्वाहा, वाइडबडी स्वाहा, दुई तिहाइकाे सरकारकाे स्वाहा, बालुवाटार स्वाहा, गणतन्त्र स्वाहा, लोकतन्त्र स्वाहा,...

  • २०७७ पौष १४, मंगलबार

    चिनियाँ टोली र देउवाबीच भेटघाट

    काठमाडौं – चार दिने नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न बुढानिलकण्ठ पुगेको छ । देउवा निवास बुढानिलकण्ठमा  चिनियाँ टोलीसँगको भेटवार्ता जारी रहेको स्रोतले जनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे नेपाली कांग्रेसको...

  • २०७७ पौष १३, सोमबार

    चिनियाँ विशेष टोलीले भेट्यो दाहाल, नेपाल र ओलीलाई

    काठमाडौँ – चिनियाँ कम्युनिष्ट पार्टीबाट नेपाल भ्रमणमा आएको टोलीले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई भेटेको छ । दाहाललाई उनको निवास खुमलटारमा र नेपाललाई बानेश्वरस्थित एभरेस्ट होटलमा भेटेको हो । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ, महानिर्देशक छुई यानसहितको ४ सदस्यीय टोलीले दाहाललाई भेटेपछि नेपाललाई भेट्न बानेश्वर पुगेका थिए। भेटमा पछिल्लो...

  • २०७७ पौष १३, सोमबार

    आज कांग्रेसको देशैभर प्रदर्शन

    काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज सोमबार देशभर प्रदर्शन गर्दैछ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते संसद् विघटन गरेपछि ६ गते नै पदाधिकारी बैठकबाट सो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख भनेको कांग्रेसले विरोध भने पहिलोपटक गर्न लागेको हो । कांग्रेसका केही नेताबाहेक अधिकांश नेताहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् । सभापति देउवाले...

  • २०७७ पौष १२, आइतबार

    पुस १७ गते राष्ट्रियसभाको अधिवेशन आह्वान

    काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गते शुक्रबार ४ बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा १७ गते अपराह्न ४ बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन्। यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।

Pages