STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रधानमन्त्री ओलीले मागे सरकारका पक्षमा विश्वासको मत

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २७, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका पक्षमा विश्वासको मत मागेका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय हित र जनजीवीकाको सवालमा रहेको प्रष्ट पारेका छन्।

वर्तमान सरकारलाई कसैले अविश्वास गरिरहनु पर्ने कुनै कारण नै नरहेको ओलीले दाबी गरेका छन्। उनले राजनीतिक कारणले ममाथि विश्वासको मत छ भन्ने ठानेकोले सदनमा उभिएको बताए।

ओलीले सरकारको ध्यान महामारी नियन्त्रणमा केन्द्रित रहेको बताए। यस्तो विषम् परिस्थितिमा कोभिडविरुद्धको औषधि लगायत उपचारका सामाग्रीहरुमा भएको भ्रष्टाचारको काम क्षम्य नहुने उनको दाबी छ। उनले अघि भने, ‘कतिपय कर्नरमा प्रधानमन्त्रीमाथि हिलो छ्याप्ने वा सरकारमाथि हिलो छ्याप्ने र कोभिडविरुद्धको औषधिमा भएको भ्रष्टाचारको नाममा कुरा उछाल्ने र नभएका कनेक्सन अनुचित ढंगले देखाउने क्रियाकलाप भए।’

Categorized in राजनीति