STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७७ पौष २६, आइतबार

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। आइतबार बिहान साढे ११ बजेका लागि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए। ‘साढे १० बजे फोन गरेर साढे ११ बजे मन्त्रिपरिषद बैठक बस्ने जानकारी दिएको हो’, ती मन्त्रीले भने, ‘बैठकका एजेन्डाबारे कुनै जानकारी आएको छैन।’ मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको छ। तर, आइतबार...

  • २०७७ पौष २५, शनिबार

    रुन्चेपिन्चे कुराले ओली प्रतिगमन सच्याउन सकिन्न : बाबुराम भट्टराई

    काठमाडौँ - पूर्वप्रधानन्त्री तथा जनता समाजवादी पार्टीको जनपरिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले ओलीको आत्मालोचनाले पार्टी एकता हुन नसक्ने टिप्पणी गरेका छन् ।  शुक्रबार सामाजिक सञ्जालमा ट्वीटरमा लेख्दै उनले गल्ती स्वीकार गरेर, रुन्चेपिन्चे कुरा गरेर ओली प्रतिगमन सच्याउन नसकिने बताएका हुन् । भट्टराईले लखेका छन् ,’ओलीले गल्ती स्वीकार गरेमा, आत्मालोचना गरेमा, कान समातेमा, पार्टी एकता हुनसक्छ, संगै...

  • २०७७ पौष २४, शुक्रबार

    ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखेको टिसर्ट लगाउने युवा प्रमकाे सम्बाेधनस्थलबाट पक्राउ

    काठमाडौं - धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सभामा ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखेको टिसर्ट लगाउने युवालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार धनगढीमा भएको कार्यक्रममा आफ्नो टिसर्टमा निर्मला पन्तको बलात्कार र न्यायको खोजीसँग सम्बन्धित नाराहरु लेखिएको टिसर्ट लगाएका युवाहरुलाई प्रहरीले पक्राउ गरेको हाे । २०७५ साउनमा महेन्द्रनगर उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको...

  • २०७७ पौष २४, शुक्रबार

    संविधान बमोजिम नै संसद विघटन सिफारिस : प्रधानमन्त्री ओली

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधान बमोजिम नै संसद विघटन सिफारिस गरेको बताएका छन् । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले धनगढीमा शुक्रबार भएकोमा आमसभालाई सम्बोधन गर्दै यस्ताे बताएका हुन् उनले संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरे। उनले भने, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर हल्ला चलाइरहेकाहरुलाई एक पटक संविधान पढ्न आग्रह गर्न चाहन्छु ।’ ‘६४...

  • २०७७ पौष २३, बिहिबार

    सरकारकाे वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइयाे

    काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल सरकारको आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन बुझाएका छन् । नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम उनले सो प्रतिवेदन बुझाएका हुन् । नेपालको संविधानको भाग ४ मा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयनका सम्बन्धमा गरेका काम तथा प्राप्त...

  • २०७७ पौष २३, बिहिबार

    प्रचण्ड-माधव र ओलीकाे लडाइँमा पेलिए प्रदेश १ का मुख्यमन्त्री र मन्त्री

    विराटनगर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड माधव समूहले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई र मन्त्रीसहित ८ जनासँग स्पष्टिकरण माग गरेको छ । नेकपा ओली समूहले प्रचण्ड माधव समूहका १६ सांसदलाई कारवाही गरेको एक सातापछि बुधबार प्रचण्ड– माधव समूहले मुख्यमन्त्री राईसहित आठ जनासँग २४ घण्टे स्पष्टिकरण सोधेको हो । स्पष्टिकरण सोधिएकालाई प्रचण्ड– माधव समूहले निलम्बन गर्ने तयारी गरेको छ ।...

  • २०७७ पौष २३, बिहिबार

    ओलीको कारण अहिलेको समस्या : वामदेव गौतम

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहारको कारण अहिलेको समस्या आएको दाबी गरेका छन् । राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सदस्यसमेत रहेका गौतमले प्रधानमन्त्रीले त्याग गर्न सकेको भए अहिले पार्टी पनि नफुट्ने र प्रतिनिधि सभा विघटनको अवस्था पनि नआउने बताए । ‘पार्टी जोगाउनको लागि उहाँको निम्ति अवसर थियो, त्याग गर्न सक्नुपर्थ्यो । त्यो...

  • २०७७ पौष २२, बुधबार

    ओली इमान्दार तानाशाह : डा. बाबुराम भट्टराई

    काठमाडाैँ – पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान भन्दा माथिबाट समग्र व्यवस्थालाई नै कू गरेको बताएका छन् । नेपाल कम्युष्टि पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले काठमाडौंमा आयोजना गरेको अन्तर पार्टी अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्री ओलीले संवैधानिक कू नभई संविधान र व्यवस्था...

  • २०७७ पौष २२, बुधबार

    सुनुवाइ बुधबारसम्मलाई स्थगित

    प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाकाे निरन्तर सुनुवाइ अर्काे बुधबारलाई स्थगित गरिएकाे छ । इजलासमा नबस्ने न्यायाधीश कार्कीकाे निर्णयपछि सुनुवाइ बुधबारसम्मका लागि स्थगित गरिएकाे हाे । २९ पुसका लागि अर्को पेशी तोकिएको छ ।  यसअघि सो इजलासले १० पुस गतेको सुनुवाइपछि अदालतले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेस गर्न विपक्षी राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

  • २०७७ पौष २२, बुधबार

    विघटनको विरोधमा दिउँसै लाल्टिन जुलुस

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ । प्रचण्ड–माधव पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले बुधबार लाल्टिन जुलुश गरी सरकारले प्रतिनिधि सभा विघटन गरेको कदमप्रति विरोध जनाएको हो । माइतीघर मण्डलाबाट विद्यार्थीहरुले बानेश्वरसम्म दिउँसै लाल्टिन बालेर जुलुश...

  • २०७७ पौष २२, बुधबार

    पुस २४ मा ओलीको सुदुरपश्चिममा सम्बोधन, कालो व्यानर, मास्क र झण्डामा प्रतिबन्ध लगाइने

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपश्चात् पहिलोपटक उपत्यका बाहिरका कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् । मोफसलका कार्यकर्तालाई सम्बोधन गर्न उनी सुदूरपश्चिम जाँदैछन् । त्यहाँ हुने भनिएको आमसभाका लागि व्यापक सुरक्षा तयारी गरिएको छ । पुस २४ मा नेकपा ओली समूहले धनगढीमा आयोजना गर्न लागेको आमसभालाई सम्बोधन गर्न त्यता जान लागेका प्रधानमन्त्री तथा आमसभाको सुरक्षाका लागि करिब एक हजारको...

  • २०७७ पौष २२, बुधबार

    प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाई आजदेखि

    काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनवाई संवैधानिक इजलासमा आजदेखि निरन्तर हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको गत पुस १० गतेको संवैधानिक इजलासले आज बुधबारदेखि निरन्तर सुनुवाईको मिति तोक्न आदेश दिएको थियो । सर्वोच्च अदालतले यही पुस १९ गतेसम्म प्रतिनिधिसभा विघटन गर्नुको...

Pages