STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७७ माघ १६, शुक्रबार

    अदालत आएर जवाफ दिन प्रधानमन्त्रीसहित पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई सर्वोच्चको आदेश

    काठमाडौँ – सर्वोच्च अदालतले अदालतको अवहेलना गरेको भन्दै दर्ता भएको मुद्दामा प्रधानमन्त्री केपी ओलीसहित चार जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई आफैं अदालत आएर लिखित जवाफ दिन आदेश दिएको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रधानमन्त्री ओलीसहित पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्कीलाई आफैं अदालतमा उपस्थित हुन आदेश दिएको...

  • २०७७ माघ १४, बुधबार

    प्रचण्ड–माधव समूहको माइतीघरमा धर्ना

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा धर्ना कार्यक्रम गरेको छ । बुधबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षका विघटित प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेका हुन् । नेकपा प्रचण्ड–माधव पक्षकी स्थायी कमिटी सदस्य तथा...

  • २०७७ माघ १४, बुधबार

    तीन महिनामा सबै नेपालीलाई खोप : प्रधानमन्त्री

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन महिनामा सबै नेपालीलाई खोप लगाइसक्ने बताएका छन् । आम नागरिकलाई रोग र भोकबाट बचाउनु नै सरकारको प्रमुख प्राथमिकता रहेको भन्दै उनले अबको तीन महिनासम्म सबै नेपालीले कोरोना खोप पाइसक्ने सम्भावना रहेको बताएका हुन् । कोरोनाविरुद्धको खोप सबै नेपालीले निःशुल्क पाउने पनि उनको भनाइ रहेको छ । यस्तै उनले कोरोना संक्रमणम सुरु हुनेबित्तिकै पालिकाहरुले गरेको...

  • २०७७ माघ १३, मंगलबार

    चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा

    काठमाडौं – सर्वोच्च अदालतमा चारजना पूर्व प्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै विज्ञप्ति सार्वजनिक गर्ने चार पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अधिवक्ता राजाराम घिमिरेले अवहेलना सम्बन्धी रिट दायर गरेका हुन् ।  प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा...

  • २०७७ माघ १३, मंगलबार

    कांग्रेसले गर्याे आन्दोलनको घोषणा, ३० गते देशभर प्रदर्शन

    काठमाडौँ – कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा थप तीन दिनको विरोध कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले माघ १९ गतचे भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो । पार्टीका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीका अनुसार ३० गते काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा हुनेछ । उनले प्रतिनिधिसभा विघटन गर्ने कदम र ओली...

  • २०७७ माघ १३, मंगलबार

    प्रधानमन्त्री ओलीविरूद्ध अपहेलना मुद्दा दर्ता

    काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अपहेलना मुद्दा दर्ता भएको छ । माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरुद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए। त्यस्तै अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए। प्रधानमन्त्री ओलीले...

  • २०७७ माघ १३, मंगलबार

    बल प्रयोग भएकोमा प्रचण्ड-नेपाल समूहको निन्दा

    काठमाडौं – शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेका नागरिक समाजका अगुवामाथि भएको बल प्रयोगको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले विरोध गरेको छ। प्रतिनिधिसभा विघटनको विरुद्धमा सोमबार नागरिक समाजका अगुवाले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका थिए। निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले नागरिक समाजका अगुवामाथि पानीको फोहरा हानेको थियो। पानीको फोहराका कारण...

  • २०७७ माघ ११, आइतबार

    सभापति देउवाद्वारा वैद्यको निधनप्रति दुःख व्यक्त

      नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको काठमाडौँ जिल्ला कार्यसमितिका पूर्वउपसभापति दयानन्द वैद्यको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ वैद्यको यही माघ ८ गते त्रिपुरेश्वरस्थित आफ्नै निवासमा निधन भएका हो । सभापति देउवाले आज शोक सन्देशमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गर्नु भएको छ । विसं १९९२ जेठ १३ गते...

  • २०७७ माघ ११, आइतबार

    सङ्घर्षका कार्यक्रम थप प्रभावकारी बनाउने नेकपाको निर्णयः कार्यालय सचिवमा तुलाधर

      नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त सङ्घर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकले संविधान विपरीत प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि सबै राजनीतिक दल, नागरिक समाजलगायत सरोकार वर्ग तथा क्षेत्र आन्दोलित भएको तथा पार्टीका तर्फबाट यसअघि सञ्चालित सङ्घर्षका...

  • २०७७ माघ ११, आइतबार

    पूर्वमाओवादी लडाकु र पूर्वएमालेका नेता ओली नेतृत्वमा आउने जिकिर

      नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता महेश बस्नेतले पूर्वमाओवादीका लडाकु आफूहरुका पक्षमा आउने लहर चलेको बताउनुभएको छ । कपिलवस्तुको चन्द्रौटामा युवा सङ्घका पदाधिकारीसँगको भेटघाटका क्रममा सङ्घका पूर्वाध्यक्ष बस्नेतले पूर्वमाओवादीका धेरै नेता प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा आउने क्रम जारी रहेको र पूर्वएमालेका सबै नेता आगामी वैशाखसम्म ओली नेतृत्वको नेकपामा आउने जिकिर गर्नुभयो । एक...

  • २०७७ माघ ९, शुक्रबार

    प्रतिनिधिसभा विघटन सदर भएमा सडकबाटै सच्याइने चेतावनी

      नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम सर्वोच्च अदालतले उल्ट्याउने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अदालतले सरकारको कदमलाई सदर गरेमा सडकबाटै सच्याउन प्रयास गरिने चेतावनी दिनुभयो । अदालतले सरकारको कदमलाई प्रोत्साहन गर्ने काम भयो...

  • २०७७ माघ ८, बिहिबार

    प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाइ जारी

      प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको पाँचौँ दिनको सुनुवाइ जारी छ । सुनुवाइ हुँदाहँुदै समय अभावका कारण हेर्दाहेर्दै शुक्रबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले आइतबारदेखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस गरिएको पाँचौँ दिन आज तीन रिट...

Pages