STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थपिए ७ मन्त्री र १ राज्यमन्त्री

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २७, बिहिबार

काठमाडौं - पछिल्लोपटक जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याएका ओलीले बिहीबार ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । योसँगै २५ सदस्यीय बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह नवनियुक्त मन्त्रीहरूलाई सपथ खुवाएकी हुन्।

ओलीले विहीबार नियुक्त गरेका मन्त्रीमध्ये खगराज अधिकारीले  गृह मन्त्रालयको जिम्मा पाएका छन् । बादलपत्नी नैनकला थापा सञ्चार मन्त्री बनेकी छिन् ।

त्यस्तै नारदमुनि राना वन, मोहन बाँनिया विना विभागीय, ज्वालाकुमारी साह कृषि, राजकिशोर यादव उद्योग, गणेश पहाडी सामान्य प्रशासन र आशा विक वन राज्यमन्त्री बनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपा एमाले, नेकपा माओवादी छाडेर नेकपामा आएका नेतालाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

Categorized in राजनीति