STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७७ माघ २०, मंगलबार

    सेनाका बख्तरबन्द गाडी काठमाडाैंका सडकमा

    काठमाडौँ – नेपाली सेनाका बख्तरबन्द गाडीले सोमबार राति काठमाडौंको चक्रपथमा चक्कर लगाएका छन् । नियमित अभ्यास योजनाअनुसार सेनाले राति दस बजेपछि बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाएको हो । नियमित अभ्यास भएकाले सर्वसाधारणलाई अनावश्यक त्रास नहोस् भनेर निर्देशनालयले आइतबार सार्वजनिक सूचना जारी गरेको थियो ।जानकारहरुका अनुसार लामो समयदेखि सेनाले बख्तरबन्द गाडीहरु यसरी सडकमा निकालेर अभ्यास गरेको छैन ।...

  • २०७७ माघ २०, मंगलबार

    सूर्य चिन्ह फ्रिज गराउने षडयन्त्र हुँदैछ : माधव नेपाल

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिन्ह फ्रिज गराउने षडयन्त्र भएको बताएका छन् । सोमबार नेकपा प्रचण्ड¬–माधव समूहको केन्द्रीय कमिटीको चौथो बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष नेपालले पार्टीको आधिकारिकता कसैलाई पनि नदिएर चुनाव चिन्ह फ्रिज गराउने षडयन्त्र भइरहेको बताएका हुन् । निर्वाचन आयोगले पत्र पठाएर...

  • २०७७ माघ २०, मंगलबार

    प्रचण्ड–नेपाल पक्षाले ओलीलाई साधारण सदस्यबाट हटायो

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ । सोमबार काठमाडौंको बबरमहल स्थित कार्की ब्यांक्वेटमा बसेको नेकपा प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटीको चौथो बैठकले यस अघिको स्थायी कमिटीबाट आएको प्रस्ताव अनुसार प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको...

  • २०७७ माघ १९, सोमबार

    चुनाव एकदिन पनि पर सर्दैन : प्रधानमन्त्री

    धनुषा – प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव एक दिन पनि पर नसर्ने बताएका छन् । धनुषाको ढल्केवरमा निर्माण भएको मुलुककै सबैभन्दा ठुलो तथा अत्याधुनिक विद्युत् प्रसारण लाइनको आज उद्घाटन गर्दै उनले चुनावको तयारीमा निर्वाचन आयोग लागिसकेकाले धनुषामा वैशाख १७ गते नै चुनाव हुने दाबीसमेत गरे । ओलीले भने, ‘धनुषाको यो क्षेत्रमा वैशाख १७ गते नै चुनाव हुन्छ । चुनावको तयारीमा लागिहाल्नुस । तोकिएकै समयमा चुनाव...

  • २०७७ माघ १९, सोमबार

    ‘विशेष कारण’ले आज बाेलाइएकाे वाग्मती प्रदेशसभाको बैठक स्थगित

    हेटौंडा – सोमबार दिउँसो २ बजेका लागि बोलाइएको वाग्मती प्रदेशसभाको बैठक स्थगित गरिएको छ । बैठक ‘विशेष कारण’ ले स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको अर्को बैठक आगामी फागुन ५ गते दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आफ्नै दलको अर्को समूहले प्रदेशसभामा दर्ता गराएको अविश्वासको...

  • २०७७ माघ १८, आइतबार

    'राजा रजौटासँगको साँठगाँठमा संसद् विघटन'

    काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका राजा रजौटासँगको साँठगाँठमा प्रतिनिधि सभा विघटन गरेको बताएका छन् । आइतबार आफु निकट अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका सामन्ती राजा रजौटा र निरंकुशतावादीहरुसँग...

  • २०७७ माघ १८, आइतबार

    दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सोमबार बस्ने

    काठमाडौँ – नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहकाे केन्द्रीय कमिटी बैठक सोमबार ११ बजे बस्ने भएकाे छ । बैठकमा माघ २८ गते काठमाडौंमा हुन लागेको विरोध प्रदर्शन र अन्य समसामयिक विषयमा छलफल हुने जनाइएकाे छ । नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा छ । मुख्यत: त्यसकै विषयमा बैठकमा छलफल हुन सक्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । यसअघि यो समूहको बैठक पुस ७ देखि ९ गतेसम्म बसेको थियो...

  • २०७७ माघ १८, आइतबार

    कांग्रेस भ्रातृ स‌ंगठनले सोमबार देशव्यापी प्रदर्शन गर्ने

    काठमाडौँ – नेपाली कांग्रेसका भ्रातृ संगठनहरूले प्रतिनिधिसभा विघटनविरूद्ध हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेसका १३ भातृ संगठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभाको विघटनविरूद्ध प्रदर्शनमा उत्रिन अपिल गरेका हुन्। १३ वटै भ्रातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै सोमबार एकसाथ प्रदर्शन गरिने नेपाली कांग्रेसले जनाएको छ । नेपाल महिला...

  • २०७७ माघ १७, शनिबार

    तीन दिनमै फेरियो प्रधानमन्त्रीको बोली: जनताले १ वर्षभित्र खाेप पाउने

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोभिड-१९ विरुद्धको खोप दिने आफ्नो बाचा फेरेका छन् । चितवनमा शनिबार आयोजित आमसभामा उनले कोभिड- १९को उपचारमा फ्रन्ट लाइनमा रहेकालाई खोप लगाउन सुरु गरिएको र सबै नेपालीलाई खोप उपलब्ध हुन १ वर्ष लाग्ने बताएका हुन् । उनले भने, ‘७७ वटै जिल्लामा खोप अभियान लगातार अगाडि बढेको छ । हिजो बेलुकासम्मा ४८ हजार भन्दा बढीले खोप लगाइसकेका छन्...

  • २०७७ माघ १६, शुक्रबार

    कोरोनाविरुद्धको खोप लगाएकालाई नेपाल आउन दिने सरकारको तयारी

    सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरुलाई निर्वाध रुपमा नेपाल आउने दिने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्त्र मन्त्री भानुभक्त ढकालले कोरोनाविरुद्धको खोप लगाएकालाई नेपाल निर्वाध रुपमा आउने दिने तयारी सरकारले गरिरहेको बताएका हुन् ।  शुक्रबार मन्त्रालयमा पत्रकारहरुसँग कुराकानी गर्दै पर्यटनमन्त्री ढकालले कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई निर्वाध रुपमा नेपाल आउन स्वीकृति...

  • २०७७ माघ १६, शुक्रबार

    निर्वाचन आयोगले नेकपाकाे आधिकारिकता टुङ्गो लगाइसक्याे : सुवासचन्द्र नेम्वाङ

    काठमाडौं – नेकपाका केपी शर्मा ओली पक्षीय नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगले आधिकारिकता टुङ्गो लगाइसकेको बताएका छन् । शुक्रबार आयोगले बोलाएको छलफलमा सहभागी हुन कान्तिपथस्थित कार्यालय पुगेका नेम्वाङले बाहिरिने क्रममा नेकपा विवादमा आयोगले आधिकारिकता टुङ्गो लगाइसकेको भन्दै ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको दावी गरेका हुन् । ‘आधिकारिकताको सम्वन्धमा निर्वाचन आयोगले निर्णय गरिसकेको छ । त्यो...

  • २०७७ माघ १६, शुक्रबार

    ओली श्री ३ महाराजधिराज : दाहाल

    रूपन्देही – नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओली श्री ३ महाराजधिराज बन्ने गरी निरकुंश र स्वच्छेयाचारी रुपमा अघि बढेको आरोप लगाएका छन् । बिहीबार लुम्बिनी प्रदेशको बुटवलमा आयोजित विरोध सभामा बोल्दै दाहालले ओलीले जनताका सपनामाथि कुठाराघात गरेको बताए । उनले भने, ‘केपी ओलीले अहिले संविधानलाई अतिक्रमण गर्ने, लोकतन्त्रको हत्या गर्ने र कहीं न कहीं आफूलाई श्री ३ महाराजधिराज बन्ने सपना...

Pages