STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नाथुराम गोड्से अभिव्यक्तिलाई लिएर नरोत्तम वैद्यद्वारा आत्मालोचना

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २९, शनिबार

काठमाडौं - नेपाली कांग्रेस वाग्मती प्रदेश सभाका सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा दिएको अभिव्यक्तिप्रति आत्मालोचना गरेका थिए ।

प्रदेश सभाको बैठकमा वैद्यले आफूले आवेगमा आएर संविधानले दिएको स्वतन्त्रताभन्दा धेरै बोलेको भन्दै आत्मालोचना गरेका हुन् ।

प्रधानमन्त्री ओलीप्रति आफ्नो कुनै रिसइबी नरहेको र उनको कार्यशैलीका कारण केही आवेगमा आएर चाहिनेभन्दा धेरै बोल्न पुगेको वैद्यको भनाइ छ ।

आफ्नो कुरा संसदीय मर्यादाभन्दा बाहिर रहेको पनि वैद्यले स्वीकार गरेका छन् । उनको अभिव्यक्ति प्रदेश सभाको रेकर्डबाट पनि हटाइएको छ ।

शुक्रवारको बैठकमा नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीले मनपरि गरेर देश डुबाउन लागेको भन्दै नेपालमा कोही नाथुराम गोड्से बन्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए ।

Categorized in राजनीति