STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गण्डकी प्रदेशमा कांग्रेस सांसदद्वारा मुख्यमन्त्रीमा दावी

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २९, शनिबार

पोखरा - गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले ३१ सांसदको हस्क्षारसहित मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । उनले शुक्रबार प्रदेश प्रमुख सीताकुमारी पोखरेलाई पत्र थमाउँदै दावी मुख्यमन्त्री पदका लागि दावी गरेका हुन् ।

नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेका उनले ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाए ।

उनले आफूहरु सशरीर आएको भन्दै हस्ताक्षर प्रमाणीकरणको व्यवस्था मिलाउन पनि आग्रह गरे । १६८ (५) लाई कार्यान्वयन गरियोस् र अहिलेको समयको चापलाई मध्येनजर गर्दै यसको अध्ययन चाँढै गरी नयाँ सरकार बनाइयोस् भन्दै अनुरोध समेत आफुले गरेको उनले जानकारी गराए ।

प्रदेश प्रमुख पौडेलले आफूले उक्त दावीबारे अध्ययन गर्ने र प्रक्रिया पुर्याएर निर्णय गर्ने बताएको पोखरेले बताए ।

Categorized in राजनीति