STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पूर्वप्रधानमन्त्रीद्वारा ओ‌लीलाई चेतावनी - देश र जनतालाई असर पार्ने काम नहाेस्

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २९, शनिबार

काठमाडौँ - केपी शर्मा ओली नेतृत्वको सरकारलाई देश र जनतालाई असर पार्ने प्रकृतिका काम नगर्न पाँच जना पूर्वप्रधानमन्त्रीले चेतावनी दिएका छन् ।

पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै दोस्रो पटक प्रतिनिधि सभा विघटन गरी प्रधानमन्त्रीले आफ्नो निरंकुश, स्वेच्छाचारी र प्रतिगमनकारी चरित्र उदांग पारेको बताएका हुन् ।

‘नेपाली जनताको लामो र कठोर संघर्ष तथा आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र तथा कानूनको शासनमाथि नै घात गरिएको छ। गत पुष महिनामा प्रतिनिधि सभा विघटन गर्ने उहाँको कार्य असंवैधानिक भनी सर्वोच्च अदालतले ठहर गरेको अवस्थामा पुनः दोस्रो पटक प्रतिनिधि सभा विघटन गरी प्रधानमन्त्रीले आफ्नो निरंकुश, स्वेच्छाचारी र प्रतिगमनकारी चरित्र उदांग पार्नुभएको छ।’ विज्ञप्तिमा उल्लेख छ ।

Categorized in राजनीति