STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कांग्रेस पदाधिकारी बैठक बस्दै

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २९, शनिबार

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक अहिले बस्दैछ ।

दिउँसो २ बजेबाट पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बसिरहेकाे छ ।

बैठकमा पार्टीको १४औँ महाधिवेशनका बारेमा छलफल हुने छ । कोरोना महामारी तथा राजनीतिक प्रतिकुलताका बीच महाधिवेशन कसरी गर्ने भन्ने सम्बन्धमा छलफल हुने बताइएको छ ।

कांग्रेसले भदौ ७ देखि १० सम्म १४औँ महाधिवेशन गर्नेगरी मिति तोकेको छ । तर, कोरोना महामारी तथा जारी राजनीतिक उतारचढावका कारण महाधिवेशन समयमै होला भन्नेमा भने आशंका बढ्न थालेको छ ।

Categorized in राजनीति