STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७७ माघ २२, बिहिबार

    सडकमै खाना खाँदै आन्दोलनकारी, प्रहरीले हटाउन खाेज्दा ठेलमठेल

    नेकपा प्रचण्ड–माधव समूहले आज गरेको आमहडताल सफल बनाउन विहानैदेखि चोकचोकमा सो समूहका नेता तथा कार्यकर्ता खटिएका छन् । त्यसक्रममा उनीहरुले सडकमै खाना खाएका छन् । बन्दकर्ताले सडकमै खाना खान थालेपछि कोटेश्वरमा प्रहरीले त्यसलाई हटाउन खोजेको थियो । त्यसक्रममा प्रहरी र बन्दकर्ताबीच केहीबेर ठेलमठेल पनि भएको थियो ।

  • २०७७ माघ २२, बिहिबार

    बन्द गराउन दाहाल गाडीमा र नेपाल स्कुटरमा

    काठमाडौँ – प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज गरेको देशव्यापी आमहड्तालको प्रभाव संघीय राजधानी काठमाडौंमा पनि परेको छ। बन्द सफल पार्न भन्दै शीर्ष नेताहरू नै सडकमा ओर्लिएका छन्। नेता पुष्पकमल दाहाल पुल्चोकमा पुगेर आन्दोलनमा सहभागी भएका थिए भने अर्का अध्यक्ष माधव नेपाल स्कुटर चढेर कोटेश्वर क्षेत्रको अवलोकन गरेर फर्किएका छन्। देशव्यापी आमहड्ताल आव्हान गरेका दाहाल आफैंले...

  • २०७७ माघ २२, बिहिबार

    आमहडतालको प्रतिकारमा ओली समूहको मोटरसाइकल र्‍याली

    सुर्खेत – नेकपाको प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहडतालको प्रतिकार गर्दै सुर्खेतमा प्रधानमन्त्री केपी शर्मा ओली समूहले मोटरसाइकल र्‍याली निकालेको छ ।  आमहडतालको अवज्ञा गर्दै बिहीबार सुर्खेतमा ओली समूहको विद्यार्थी संगठन अनेरास्ववियुले मोटरसाइकल र्‍याली निकालेको हो ।   अनेरास्ववियुले बन्द नभएको भन्दै मोटरसाइकल र्‍याली निकालेको अध्यक्ष धुपेन्द्र शाहीले बताए । उनका अनुसार मोटरसाइकल र्‍यालीले...

  • २०७७ माघ २२, बिहिबार

    फागुन पहिलो साताबाट ठूलो आन्दोलन हुन्छ : प्रचण्ड

    काठमाडाैं – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुनको पहिलो साताबाट संयुक्त रुपमा ठूलो आन्दोलन हुने बताएका छन् । सातदोबाटोमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सबै राजनीतिक दल, नागरिक समाज, कलाकारहरुले संयुक्त रुपमा बृहत आन्दोलन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए । ‘केपी ‌ओलीको प्रतिगमन नसच्चिएमा फागुनको पहिलो साताबाट संयुक्त रुपमा बृहत आन्दोलन हुन्छ,’ उनले भने । सो...

  • २०७७ माघ २२, बिहिबार

    नेकपा नेतृ अष्टलक्ष्मी शाक्य कलंकीबाट पक्राउ

    काठमाडौं - प्रहरीले नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यलाई काठमाडौंको कलंकीबाट गिरफ्तार गरेको छ । नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य विष्णु रिजालले दिएको जानकारीअनुसार नेतृ शाक्यलगायतलाई प्रहरीले कलंकीबाट गिरफ्तार गरेको हो । प्रचण्ड–माधव समूहले आज आमहडताल घोषणा गरेको छ ।  आमहडतालकै क्रममा आज बिहानै गाेंगबुँमा एउटा ट्याक्सी पनि जलाइएकाे छ । बन्द गराउँदै हिडेका कम्तीमा ५६ जनालाई काठमाडौंका...

  • २०७७ माघ २२, बिहिबार

    निर्धक्क यातायात, व्यवसाय सञ्चालन गर्नु : गृहमन्त्रालय

    काठमाडौँ - सरकारले पूर्ववत् रुपमै सार्वजनिक यातायातलगायत आ–आफ्नो उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बिहीबार आह्वान गरेको भनिएको आमहडतालका क्रममा संविधान तथा प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न अनुरोध गरेको छ । मन्त्रालयले आमहडतालका...

  • २०७७ माघ २१, बुधबार

    अदालतको अवहेलना सम्बन्धमा प्रचण्डलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

    काठमाडौँ – सर्वोच्च अदालतले नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई अदालतको अवहेलना सम्बन्धमा लिखित जवाफसहित सात दिनभित्र उपस्थित हुन आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको बुधबारको इजलासले लिखित जवाफ माग गर्ने आदेश गरेको हो । दाहालविरुद्ध अधिवक्ता समीर हायूले सोमबार अदालतको अवहेलना निवेदन दर्ता गरेका थिए । मंगलबार नै सुनुवाइ हुने भनिए पनि हेर्न नभ्याइने भन्दै बुधबारका लागि...

  • २०७७ माघ २१, बुधबार

    बिहीबार प्रचण्ड–माधव समूहको देशव्यापी आमहड्ताल

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले सरकारले असंबैधानिक र गैरकानूनी रुपमा संबैधानिक निकायका पदाधिकारी नियुक्तिको विरोधमा विहिबार देशव्यापी आमहड्ताल आव्हान गरेको छ । पार्टी कार्यालय पेरिसडाडामा बुधबार पत्रकार सम्मेलन गरि प्रचण्ड–माधव समूहले सरकारको असंबैधानिक कदम विरुद्ध आमहड्ताल आव्हान गर्नुपरेको जनाएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाका लागि...

  • २०७७ माघ २०, मंगलबार

    संसद्‍ पुनर्स्थापना डा. केसी सत्याग्रह बस्ने

    काठमाडौँ – डा‍ गोविन्द केसीले तीन सातामा आफ्ना माग पूरा नभए फागुन १२ गतेदेखि २० औं सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । डा केसीले मंगलबार विज्ञप्ति जारी गर्दै देशमा संवैधानिक संकट भएको र एक व्यक्तिले सिंगो राज्य कब्जा गर्ने प्रपञ्च चलिरहेको भन्दै त्यसविरुद्ध अनशन बस्ने चेतावनी दिएका हुन् । शान्तिपूर्ण रुपमा हस्तक्षेप गर्ने उपयुक्त समय यही भएको पनि उनको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, ‘आगामी...

  • २०७७ माघ २०, मंगलबार

    विघटन बाध्यता भए पनि संविधानसम्मत : महान्यायाधिवक्ता अग्निप्रसाद खरेल

    काठमाडौँ – महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भए पनि संविधानसम्मत भएको तर्क राखेका छन् । प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमाथि पन्ध्रौंँ दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता खरेलले विघटन संविधानसम्मत भएको धारणा राखे । महान्यायाधिवक्ता खरेलले २०५१ सालमा पनि बहुमतको सरकार हुँदा हुँदै विघटन गर्नुपरेको स्मरण गराउँदै वर्तमान सरकारले...

  • २०७७ माघ २०, मंगलबार

    प्रचण्ड–माधव समूहले निर्वाचन आयाेगमा वैधानिकता दाबी बुझायाे

    काठमाडाैं – नेकपाका प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकताको दाबी पेस गरेको छ । अध्यक्षद्वय प्रचण्ड र माधव नेपालसहित आयोग पुगेको नेकपाको सो समूहले औपचारिक रूपमा वैधानिकताको दाबी गरेको हो । निर्वाचन आयोगलाई पत्र बुझाउँदै प्रचण्ड–माधव समूहका लीलामणि पोखरेलले राजनीतिक दलसम्बन्धीको दफा ४४ लाई आधार मानेर आफूहरूले पार्टीको आधिकारिकताकाे दाबी गरेको बताए ।...

  • २०७७ माघ २०, मंगलबार

    सुकीलाई तत्काल रिहा गर : नेपाल सरकार

    काठमाडौँ – नेपाल सरकारले म्यान्मारमा लोकतान्त्रिक र संवैधानिक प्रक्रिया चाँडै पुनर्स्थापना हुने विश्वास व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले सोमबार बेलुकी विज्ञप्ति जारी गर्दै नेपालले म्यानमारमा विकासित भएको पछिल्लो घटनाक्रमलाई नजिकबाट हेरिरहेको जनाएको छ । सरकारले म्यानमारका जनताको इच्छा र भावना अनुसार सम्पूर्ण पार्टीहरु संलग्‍न रहेको प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिटो पुनःस्थापित हुने...

Pages