STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गण्डकी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ ४, शुक्रबार

गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् ।

उनले शुक्रबार राखेको प्रश्तावमा बहुमत सदस्यले पक्षमा मतदान गरेका छन् । ५९ सांसद रहेका गण्डकी प्रदेशसभामा ३१ सांसदले नेपालीको पक्षमा मतदान गरे भने २७ सांसद विपक्षमा उभिए ।

सत्ता साझेदार दल नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको ११, जनता समाजवादीको २ र जनमोर्चाको २ तथा स्वतन्त्र सांसदको मत नेपालीले पाए । एकल विपक्षी एमालेका २७ सांसदले विपक्षमा मतदान गरेका हुन् ।

अघिल्लो पटक विपक्षी गठबन्धनमा मतदान नगरेपछि जनमोर्चाले आफ्ना सांसद कृष्ण थापालाई कारबाही गरेको थियो । उनको कारबाहीले पोखरेल समूहलाई झनै सहज बनाएको हो ।

Categorized in राजनीति