STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सर्वाेच्चको आदेशले राजनीतिलाई थप जटिलतातर्फ : प्रदीप ज्ञवाली

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ ८, मंगलबार

काठमाडौं - नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आदेशले राजनीतिलाई थप जटिलतातर्फ धकेलेको टिप्पणी गरेका छन् ।

सर्वोच्चले मंगलबार २० मन्त्रीलाई पदमुक्त गरेपछि उनले सो टिप्पणी गरेका हुन् ।

‘सर्वोच्चको फैसला अप्रत्याशित छ, यसले राजनीति थप जटिलतातर्फ धकेलिने निश्चित छ ।’ एमाले प्रवक्ता ज्ञवालीले भने । उनले अब पार्टीको बैठक बसेर यसबारे छलफल गर्ने बताए ।

मंगलबार अदालतले ओलीले गएको जेठ २१ र २८ गते गरेको मन्त्रिपरिषद् बदर गरिएको छ।

Categorized in राजनीति