STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ओलीविरुद्धको मोर्चालाई सशक्त बनाउने कांग्रेसको निर्णय

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ ४, शुक्रबार

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहाने व्यक्ति र राजनीतिक दललाई समेटेर एकताबद्ध रूपमा अगाडि बढ्ने निर्णय पनि गरेको छ ।

शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले लोकतन्त्र र संविधानको रक्षा गर्न पार्टी समूह र व्यक्तिहरूलाई जोड्दै एकताबद्ध भएर अगाडि बढ्ने निर्णय गरेको कांग्रेसका नेता प्रकाश शरण महतले जानकारी दिए ।

‘हामी चाहान्छौँ लोकतन्त्रको रक्षा होस् । संविधानको रक्षा होस् । र त्यसमा जो पार्टीहरू, व्यक्तिहरू जोडिन चाहानुहुन्छ, उहाँहरूलाई जोड्टै यसलाई अझ मजबुतिका साथ अगाडि बढाउने र संविधान, लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्ने र वर्तमान ओली सरकारले जसरी लोकतन्त्र, संविधानको मूल्य र मान्यतालाई एकपछि अर्को गरेर कमजोर गर्ने काम भएको छ त्यसको विरुद्ध बृहत्तर एकता जो लोकतन्त्रमा विश्वास गर्छ र संविधानमा विश्वास गर्छ ती पार्टीहरू र समूहहरूलाई जोड्दै लाने, एकताबद्ध बनाएर लाने निर्णय आजको पार्टीको बैठकले गरेको छ ।’

उनले कोरोना कहरको बेलामा कसरी महाधिवेशन सम्पन्न गर्न सकिन्छ भन्ने सम्बन्धमा विभिन्न विधिहरूको विषयमा छलफल भइरहेको पनि बताए ।

त्यस्तै, कांग्रेसले १४औँ महाधिवेशन १६ देखि १९ भदौसम्म गर्ने निर्णय गरेको छ । कांग्रेसले १२ साउनमा गाउँ तथा नगरको वडाको अधिवेशन, १६ साउनमा गाउँपालिका/नगरपालिकाको अधिवेशन, २० साउनमा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचनक्षेत्र भएको जिल्लामा २३ साउन तथा एकभन्दा बढी निर्वाचनक्षेत्र भएको जिल्लामा २६ साउनमा गर्ने निर्णय गरेको छ । त्यस्तै, प्रदेश अधिवेशन १ र २ भदौमा गर्ने निर्णय गरेको पनि कांग्रेसका नेता महतले जानकारी दिए ।

Categorized in राजनीति