STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २४, सोमबार

नेकपा (एमाले) खनाल-नेपाल समूहको स्थायी कमिटीको बैठक आज सोमबार बस्दै छ ।

अध्यक्ष केपी ओलीले आइतबार पार्टी एकताका लागि आह्वान गरेपछि खनाल-नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले त्यसबारेमा छलफल गर्न लागेका हुन् ।

ओलीको अपिलबारे स्थायी कमिटी सदस्यहरूले आज भर्चुअल रूपमा छलफल गर्ने तय भए पनि समय भने यकिन भइसकेको छैन ।

एक वक्तव्य जारी गर्दै ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा ओलीले आफू २०७५ जेठ २ को अवस्थामा फर्कन तयार रहेको बताएका छन् ।

ओलीको उक्त प्रस्तावपछि खनाल-नेपाल समूहका नेताहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । कतियले यसलाई झुक्याउने प्रयत्न भनेका छन् भने केहीले एकताका लागि भइरहेका अनौपचारिक पहलको प्रभावका रुपमा लिएका छन् ।

त्यसबारेमा आधिकारिक धारणा तय गर्नका लागि खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्न लागेको हो ।

Categorized in राजनीति