STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कर्णाली प्रदेश सरकार : कांग्रेसबाट दुई मन्त्री नियुक्त

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २३, आइतबार

काठमाडौं - कर्णालीका नवनियुक्त दुई मन्त्रीले सपथ लिएका छन् ।

दिनबन्धु श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रीको जिम्मेवारीको रूपमा सपथ लिएका हुन् ।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराए । नवनियुक्त मन्त्री कांग्रेसबाट सहभागी भएका हुन् ।

मन्त्रीपरिषद् विस्तारपछि कर्णाली मन्त्रिपरिषद् अब आठ सदस्यीय भएको छ ।

Categorized in राजनीति