जसपाका अध्यक्षद्वयबीच छलफल हुँदै
Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २, आइतबार
राजनीतिक मतभिन्नताका कारण पार्टी विभाजनको डिलमा पुगेपछि जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच छलफल हुने भएको छ । उनीहरूबीच दिउँसो १ बजेपछि छलफल भइरहेकाे छ ।
बहुमतको सरकार गठन प्रकरणबाट राजनीतिक मतभिन्नता देखा परेको जनता समाजवादी पार्टी विभाजनको डिलमा पुगेको छ । बहुमतको आडमा राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेपछि पार्टीभित्र विवाद थप चर्किएको छ ।
उपेन्द्र यादव र बाबुराम भट्टराईले कार्यकारिणी समितिको बैठकमार्फत ठाकुर पक्षलाई कारबाहीको तयारी समेत गरेका छन् । यादव पक्षले संसदीय दलको एकीकरण भइनसकेको र विधान पनि नबनेकाले नेता चयन अवैध भएको दाबी गर्दै आएको छ ।
शनिबार यादव पक्षको कार्यकारिणी समितिको बैठक आधिकारिक नभएको ठाकुर पक्षले दाबी गरेको थियो ।
Categorized in राजनीति

