STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा विश्वासको मत लिने

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २७, सोमबार

प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्दैछन् । आजै प्रधानन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिन अघि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

'प्रधानमन्त्रीले आफ्नो सम्बोधनसहित विश्वासको मतको लागि प्रस्ताव गर्नु हुन्छ, त्यसपछि मतदान प्रकिया आरम्भ हुनेछ,' संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले भने ।

मतदानमा कोरोना संक्रमण देखिएका सांसदहरू पनि भाग लिन पाउने व्यवस्था गरिएको उनले जनाएका छन् । प्रतिनिधिसभाका २६ सांसदलाई कोरोना देखिएको थियो ।

प्रतिनिधि सभामा हाल २७१ सांसद छन् । प्रधानमन्त्री ओलीलाई विश्वास प्राप्त गर्नका लागि १३६ मत आवश्यक हुन्छ ।

नेकपा (एमाले) ले ह्वीप जारी गर्दै आफ्ना सांसदलाई ओलीको पक्षमा विश्वासको मत दिन भनेको छ । तर, एमालेकै खनाल-नेपाल समूहका नेताहरूले भने सामूहिक राजीनामासम्मको तयारी गरेका छन् ।

अर्काेतर्फ जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदा सांसदलाई ह्वीप जारी नगर्ने भएको छ । पार्टीले विश्वासको मतको पक्षमा मत नहाल्ने निर्णय गरेको छ ।

Categorized in राजनीति