STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विश्वासकाे मत नपाएपछि ओली पदमुक्त

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २७, सोमबार

प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा भएको विश्वासको मत लिने प्रस्तावको मतदानमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन सकेनन् ।

प्रधानमन्त्रीको विश्वासको प्रस्तावको पक्षमा बैठकमा उपस्थित २३२ मध्ये ९३ मत पर्‍यो । यस्तै, विश्वासको प्रस्तावको विपक्षमा १२४ मत पर्दा मत दिन्न भन्ने पक्षमा १५ मत परेको छ ।

संसदमा ठूलो दलको हैसियतमा रहेको एमालेका मात्रै १२१ सांसद छन् । तर, नेता माधवकुमार नेपला समूहका २८ जना सांसदले संसद बैठकमा अनुपस्थित रहे । प्रधानमन्त्री ओलीलाई बहुमतको सरकार कायमै राख्न १३६ मत कायम राख्नु पर्दथ्यो । तर, उनका पक्षमा आफ्नै पार्टीका ९३ सांसदले मात्रै मत दिए ।

विश्वासको मतको विपक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका सांसद उभिए भने जसपाको महन्थ ठाकुर पक्ष तटस्थ रहे ।

प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकपछि सभामुख अग्नि सापकोटाले बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित गरेका हुन् ।

आइतबारको बैठकमा ओलीले विश्वासको मत पाएनन् भने उनी नेतृत्वको सरकार स्वत: काम चलाउमा सीमित भएको छ ।

 

Categorized in राजनीति