STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विश्वासको मत दिने बैठकमा नेपाल–खनाल पक्ष अनुपस्थित हुने

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २७, सोमबार

काठमाडौं - नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले सरकारलाई विश्वासको मतका लागि दिउँसो हुने मतदानमा अनुपस्थित हुने निर्णय गरेको छ ।

सोमबार बिहान सिंहदरबारमा बसेको सांसदको बैठकले यस्तो निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् ।

तर, त्यसअघि बसेको नेपाल पक्षका सांसदहरुको बैठकले संसदमा अनुपस्थिति हुने निर्णय लिएको हो । सांसदहरुको बैठकपछि सिंहदरबारमा नै बसेको समूहको स्थायी कमिटीले अनुपस्थित रहने निर्णय गरेको हो ।

सांसदहरुको बैठकमा सांसदहरुले आफ्ना धारणा राख्नेक्रममा केही सांसदले राजीनामा दिनुपर्ने र केहीले राजीनामा नदिएर बीचको बाटो खोज्न सुझाव दिएको बताए ।

नेपालको संविधान, नेपालको लोकतन्त्रको मूल्य मान्यताको रक्षाका लागि हामीले अनुपस्थित हुने निर्णय गरेका हौं, नेता रावलले बैठकपछि भने, संसद विघटन गर्ने, दल विभाजनको प्रयास गर्न्, भ्रष्टाचारको संरक्षण गर्ने र विश्वासको मत लिने एक दिनअघि संवैधानिक परिषद् बोलाएर नियुक्ति गर्ने प्रधानमन्त्री केपी लाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउने राजनीतिक नैतिकतालाई ध्वस्त गर्ने र देश र राज्यलाई कमजोर तुल्याउने हुँदा हामीले संसदको बैठकमा अनुपस्थित हुने निर्णय गरेका छौं ।

उनले आफूहरुले सामूहिक राजीनामा दिने विषयमा पनि छलफल गरेको तर अहिलेलाई अनुपस्थित हुँदा पुग्ने निष्कर्षमा पुगेको पनि बताए ।

Categorized in राजनीति