STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जसपा वैकल्पिक सरकार गठनमा सामेल नहुने

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २८, मंगलबार

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार बनाउने आफ्नो पार्टीको प्राथमिकता नभएको बताएका छन्।

सोमबार राति एक विज्ञप्ति जारी गर्दै उनले ओली सरकारले जसपाका माग पूरा गरिरहेकाले वैकल्पिक सरकार गठनमा सामेल नहुने धारणा राखेका हुन्। ठाकुरले मधेशको मुद्दाको सवालमा नेपाल सरकार सहमतिअनुसार अगाडि बढिरहेको दाबी गरेका छन्।

विज्ञप्तिमा भनिएको छ,‘विगत र हप्तादेखि मधेशी, आदिवासी जनजाती, थारु, महिला, दलित, मुस्लिम लगायत, सिमान्तकृतको महत्वपूर्ण सवालहरु मुद्दा फिर्ता, बन्दी रिहाई, नागरिकता संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न लगायतको विषयमा जनता समाजवादी पार्टी नेपाल र केपी शर्मा ओली नेतृत्वको सरकार बीचको वार्ता तथा तदनुसारका कार्य प्रगति सकरात्मक ढंगले अगाडि बढिरहेको तथ्य सर्वविदितै छ।’

अहिलेको अबस्थामा सरकार बनाउने गतिविधिमा संलग्न हुनु मधेशको भावना विरोधी काम भएको समेत उनले बताएका छन्। उनले जसपा सरकार केन्द्रित नभई मुद्दा केन्द्रित रहेकोसमेत बताएका छन्। वर्तमान राजनीतिक परिस्थितिमा जसपा नेपाल सत्ताको प्राप्तिभन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल उद्देश्य भएकाले अहिले वैकल्पिक सरकारमा सहभागि हुनुभनेको मधेश आन्दोलनको मर्म र भावना प्रतिकूल भएको जसपाको ठहर छ।

Categorized in राजनीति