STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

फ्लोर क्रस गर्ने सांसदलाई मन्त्री पद

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ४, शनिबार

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मतप्राप्त गरेसँगै मन्त्रिपरिषद् हेरफेर गरेका छन् । उनले एमालेको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिने सांसदहरू नन्दसिं बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई मन्त्री पद उपहार दिएका हुन् ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार मुख्यमन्त्री शाहीले बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, थापालाई भौतिक पूर्वाधार विकास मन्त्री र शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनाएका छन् ।

एमालेका ४ सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएसँगै शाहीको मुख्यमन्त्री पद जोगिएको थियो । उनलाई एमाले सांसद प्रकाश ज्वालासहित चार सांसदले विश्वासको मत दिएका थिए ।

फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपछि एमालेले चारै जनालाई कारबाही गरेको छ । बुढा, थापा र शाहीलाई साधारण सदस्य र सांसदसमेत नहरने गरी पार्टीबाट एमालेले निष्कासित गरेको छ भने ज्वालालाई निष्कासित गर्न केन्द्रलाई सिफारिस गरेको छ ।

Categorized in राजनीति