STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १, बुधबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध बिहीबार अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तयारी गरेको छ । प्रस्ताव दर्ताका लागि हस्ताक्षर संकलन गर्न एमालेबाहेक ४ वटै दलका सांसदलाई बोलाइएको कांग्रेस सांसद कुमार खड्काले जानकारी दिए ।

अविश्वास प्रस्ताव दर्ता गर्न कुल सांसदको एक चौँथाइ चाहिन्छ । ६० सदस्यीय प्रदेशसभामा कांग्रेससँग एक्लै एक चौँथाइ अर्थात् १५ सांसद छन् । जनमोर्चाको आधिकारिक निर्णयसँगै अब नयाँ सरकार आउनुपर्ने पक्षमा ३२ सांसद पुगेका छन् ।

फ्नै नेतृत्वको सरकार जोगाइराख्न मुख्यमन्त्री गुरुङले ३१ सांसद आफ्नो पक्षमा पार्नुपर्छ । तर, हालको अवस्थामा त्यो सम्भव देखिँदैन । प्रदेशसभाका २७ जना एमाले र १ स्वतन्त्र सांसद मुख्यमन्त्रीको पक्षमा छन् ।

एमालेबाहेक कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद नयाँ सरकार बनाउनुपर्ने पक्षमा उभिएका छन् ।

राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिने बताएसँगै अविश्वास दर्ता गर्न सबै सांसदलाई बोलाइएको हो ।

गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ ।

Categorized in राजनीति