STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पत्रकार महासंघको निर्वाचनमा काे काे जिते ?

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र २७, शुक्रबार

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश कमिटी (काठमाडौं, ललितपुर र भक्तपुर) मा श्रीजन झा निर्वाचित भएका छन् । प्रेस युनियन, प्रेस संगठन र प्रेस चौतारी (खनाल-नेपाल पक्षीय) को तर्फबाट उम्मेदवार बनेका झा प्यानलैसहित विजयी भएका हुन् ।

झाको प्यानलबाट उपाध्यक्षमा वीरबहादुर लामा, महासचिवमा टेकबहादुर रोका, खुला सचिवमा रोशनराज पाण्डे तथा कोषाध्यक्षमा अर्जुन पन्त विजयी भएका छन् । सोही प्यानलका अमर भुजी समावेशी सचिवमा निर्वाचित भए ।

प्रवीण श्रेष्ठ, माधवप्रसाद घिमिरे, घनश्याम अधिकारी, नेत्रप्रसाद न्यौपाने, विष्णु कुमार गिरी, रमाकुमारी न्यौपाने (आर्ज्या) र विधुर ढकाल महासंघको प्रदेश कमिटी सदस्यमा निर्वाचित भएका छन् ।

त्यस्तै आदिवासी जनजाति सदस्यमा अर्जुन तामाङ र रत्नकृष्ण श्रेष्ठले जित हात पारेका छन् भने दलित सदस्यमा सुशील दर्नाल विजयी भएका छन् ।

त्यस्तै पत्रकार महासंघ काठमाडौं जिल्ला शाखामा सूर्य सुवेदी निर्वाचित भएका छन् । सुवेदी प्रेस युनियन, प्रेस संगठन र प्रेस चौतारी (खनाल-नेपाल पक्षीय) को तर्फबाट उम्मेदवार बनेका थिए ।

Categorized in राजनीति