STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विक्रम संवत्‌काे नयाँ वर्षमा प्रधानमन्त्रीकाे देशबासीकाे नाममा सम्बाेधन

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १, बुधबार

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले गएको वर्ष सफलताको वर्षको रूपमा मान्नु पर्ने बताएका छन् । कोरोना भाइरस महामारीका बीच आर्थिक वृद्धिदर ऋणात्मक नहुनु सफलता भएको उनले औल्याएका छन् ।

नयाँ वर्षको अवसरमा आज देशबासीलाई  नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

'अर्थतन्त्रमा केही प्रतिकुल असर परे पनि समग्र आर्थिक वृद्धिमा असर परे पनि आर्थिक वृद्धिदर ऋणात्मक दिशामा जानु परेन' प्रधानमन्त्री ओलीले भने । 

राष्ट्रिय लेखा तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा १.९९ प्रतिशको ऋणात्मक आर्थिक वृद्धि भएको थियो । गत आर्थिक वर्षको अन्तिम त्रैमासिकमा १५ प्रतिशत अर्थतन्त्र ऋणात्कम भएको थियो भने चालू वर्षको पहिलो त्रैमासिकमा पनि ४.६ प्रतिशतले ऋणात्कम रहेको थियो ।

देशबासीलाई सम्बोधन गर्दै ओलीले सरकारले वर्ष २०७७ मा थुप्रै काम गरेको दाबी गरेका छन् । प्रतिदिन साढे पाँच प्रतिशत भन्दा बढी बाटो निर्माण र एक दिनमा कम्तीमा १२ वटा आवास निर्माण भएको उनको दाबी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रभन्दा पनि जनताको जीवनलाई पहिलो प्राथमिकतामा राखेर कोरोनासँग सरकार लडेको बताएका छन् ।

‘जनताको जीवन बचाउन सकियो भने शिक्षालयहरू चल्नेछन्, उद्योग कलकारखानाहरू खुल्नेछन् । केही समयलाई बन्द रह्यो भने पनि जनताको जीवन बच्यो भने पछि चल्नेछन्, जीवन रहेन भने फेरि कुनै पनि कुरा चल्न सक्दैन’, उनले भने ‘अरू सबै कुरा भन्दा र मुलुकको अर्थतन्त्रभन्दा पनि नागरिकको जीवन पहिलो हो ।’

उनले सरकारले मानव जीवनलाई नै प्राथमिकतामा राखेर नीति अंगिकार गरिएकाले त्यसमा ‘असफल नभएको’ बताए । 

‘सही नीतिकै कारण तुलनात्मक रूपमा कम क्षति भयो’, उनले भने ।

Categorized in राजनीति