STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गण्डकी प्रदेशका दुईजना मन्त्रीले दिए राजीनामा

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र २५, बुधबार

काठमाडौं - गण्डकी प्रदेशका दुईजना मन्त्रीले राजीनामा दिएका छन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष बुधबार दिउँसो राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाएर चुमान र थापा प्रदेशसभा पुगेका छन् । 

बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले आफ्ना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । 

आजदेखि प्रदेशसभाको विधेयक अधिवेशन सुरु भएको छ ।

Categorized in राजनीति