STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A4%95%E0%A5%81%E0%A4%A6

  • २०८० पौष ४, बुधबार

    सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गरेका छन् । न्यायपरिषदले सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका हुन् । यसअघि बुधबार नै संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेको थियो ।

  • २०८० पौष ४, बुधबार

    काठमाडौंका मुख्य पाँच स्थल निषेधित क्षेत्र

    काठमाडौं- काठमाडौंका मुख्य पाँच वटा स्थल आगामी दुई महिनासम्मका लागि निषेधित क्षेत्र तोकिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै राष्ट्रपति कार्यालय शीतल निवासदेखि प्रधानमन्त्री निवास बालुवाटार, संघीय संसद् भवन, सिंहदरबार हुँदै उपराष्ट्रपति कार्यालय र माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मलाई दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६...

  • २०८० पौष ३, मंगलबार

    तीन वर्षमा नेपाल एअरलाइन्सको आम्दानी १४४ प्रतिशतले वृद्धि

    काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले तीन वर्षमा आफ्नो आम्दानी दोब्बरभन्दा बढीले वृद्धि भएको बताएको छ । मंगलबार एक विज्ञप्तिमार्फत निगमले बितेका तीन वर्षमा आफ्नो आम्दानीमा १४४ प्रतिशतले वृद्धि गरेको बताएको छ । निगमका अनुसार महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार निगमको कुल आम्दानी आव २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रुपैयाँ रहेको थियो भने आव २०७८/७९ मा १६ अर्ब ४६...

  • २०८० पौष ३, मंगलबार

    वीर अस्पतालका निर्देशक डा. सन्तोषलाई पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं -सर्वोच्च अदालतले वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई हटाएर मन्त्रालयमा हाजिर गराउने स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मंगलवार दुवै पक्षको बहसपछि तत्काल पौडेललाई हटाउने निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो । यो आदेशसँगै निर्देशक डा.पौडेल पुनर्वहाली हुनेछन् ।

  • २०८० पौष ३, मंगलबार

    एनसेलबाट कर असुल्न र शेयर कारोबार रोक्न संसदीय समितिको निर्देशन

    काठमाडौँ - सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले राज्यलाई तिर्नुपर्ने कर रकम असुल उपर गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले एनसेलको शेयर खरिदबिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समिति–२०८० को प्रतिवेदनसमेतलाई आधार लिई राज्यलाई बुझाउनुपर्ने कर रकम एनसेलबाट असुल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार...

  • २०८० पौष ३, मंगलबार

    चीनको भूकम्पमा मृत्यु हुनेको संख्या ११६ पुग्यो

    उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११६ पुगेको छ भने २२० जना घाइते भएका छन्। चिनियाँ अधिकारीका अनुसार गान्सु प्रान्तमा मध्यराति ६.२ म्याग्निच्युडको भूकम्प गएको र छिमेकी प्रान्त छिङहाइमा पनि धक्का महसुस भएको छ।  यसैबीच दोस्रोपटक छिमेकी प्रान्त सिनजियाङमा पनि भूकम्प गएको बीबीसीले जनाएको छ। उक्त ५.५ म्याग्निच्युडको भूकम्पबाट भएको क्षतिको विवरण भने...

  • २०८० पौष ३, मंगलबार

    कीर्तिपुर ब्याडमिन्टन क्लबद्वारा कीर्तिपुर नपा मेयर राजकुमार नकर्मीलाई भत्सर्ना पत्र

    कीर्तिपुर ब्याडमिन्टन क्लबको भत्सर्ना पत्रमा भनिएको छ, ‘दोस्रो स्थानीय निर्वाचनमा निर्वाचित यस कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले मिति २०८० कार्तिक २७ गतेका दिन नगाउँ स्पोर्टस क्लबद्वारा आयोजित टेबुल टेनिस प्रतियोगितामा आर्थिक व्यवस्था गर्न सकिने अवस्था छ, तर के भैदियो भने खेलाडी उत्पादन गर्नेभन्दा भुँडी घटाउने प्रतियोगिता बढी भैदियो । ब्याडमिन्टन प्रतियोगिता भयो, रातभर टन्न वियर खायो,...

  • २०८० पौष २, सोमबार

    ललितपुर महानगरपालिकामा स्वास्थ्य बीमा सुरु

    काठमाडौं- ललितपुर महानगरपालिकामा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ । महानगरको १०५ औं स्थापना दिवसको अवसरमा सोमबार महानगरभित्र स्वास्थ्य बीमा सुरु गरिएको हो । दुई जनालाई विद्युतीय कार्ड वितरण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमाको उद्घाटन गरे ।  २०७२ चैत्र २५ गते पहिलो पटक कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो । लगत्तै यो कार्यक्रम देशभर लागू गरिएको हो ।  स्वास्थ्य...

  • २०८० पौष २, सोमबार

    काठमाडौँ महानगरमा साङ्केतिक भाषाको दोभासे राख्ने निर्णय

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले काठमाडौँ प्लाजामा रहेको सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक (दोभासे) राख्ने निर्णय गरेको छ । सोमबार बसेको सामाजिक समितिको बैठकले यस्तो निर्णय गरेको हो । केसीले कार्यालयमा उपलब्ध गराउने सेवासँगै आवश्यकताका आधारमा लक्षित वर्गलाई साङ्केतिक भाषाको तालिम पनि दिने बताइएको छ । समितिको बैठकमा अधिकारीहरूले लघु उद्यम विकास सम्बन्धी सिप विकास तालिम, गरिब घर परिवार...

  • २०८० पौष २, सोमबार

    डा. गोविन्द केसीले तोडे अनसन

    काठमाडौं - डा. गोविन्द केसीले अनशन तोडेका छन् । धनगढीका स्थानीय दुई बालिका अञ्जली नेपाली र रेनुका चौधरीको हातबाट जुस पिउँदै उनले सोमबार अपराह्न ४ बजे अनशन तोडेका हुन् ।  स्वास्थ्य अवस्थाका कारण अहिलेलाई ७२ घण्टे अनशन बसेकाउनी आजै थप उपचारका लागि अस्पताल भर्ना हुँदै छन् । केसी धनगढीस्थित सेती अस्पतालमा केहीदिन भर्ना भएर उपचारमा रहने उनका सहयोगी डा. अमृत जैशीले जानकारी दिए । १० दिनअघि पित्तथैलीको...

  • २०८० पौष २, सोमबार

    त्रिविको दीक्षान्त बन्यो विश्व रेकर्ड

    काठमाडौं- त्रिभुवन विश्वविद्यालयले एकै दिन सर्वाधिक भौतिक उपस्थितिमा विद्यार्थीहरूलाई दीक्षित गरेको विश्व कीर्तिमान बनाएको छ । सोमबार दशरथ रङ्गशालामा आयोजित त्रिविको ४९ औं दीक्षान्त समारोहमा २६ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । त्रिविले विश्व कीर्तिमान बनाउने दाबीसहित गिनिज बुक अफ वर्ल्ड रेकर्डस्का प्रतिनिधिलाई काठमाडौंमा बोलाएको थियो । सोहीअनुसार अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (...

  • २०८० पौष २, सोमबार

    दीक्षान्तका कारण काठमाडौंको ट्राफिक अस्तव्यस्त

    काठमाडौं - त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । दीक्षान्त समारोहका लागि विद्यार्थी तथा उनीहरुका अभिभावक रंगशालामा पुग्ने क्रम सुरु भएसँगै ट्राफिक व्यवस्था अस्तव्यस्त भएको हो । त्रिपुरेश्वर तथा आसपासको क्षेत्रमा ट्राफिक चाप बढेपछि प्रहरीले कलंकी, कालिमाटी, तिनकुने तथा कोटेश्वरबाटै ठूला...

Pages