STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

त्रिविको दीक्षान्त बन्यो विश्व रेकर्ड

Janjati Khabar – Janjati Khabar | २०८० पौष २, सोमबार

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले एकै दिन सर्वाधिक भौतिक उपस्थितिमा विद्यार्थीहरूलाई दीक्षित गरेको विश्व कीर्तिमान बनाएको छ । सोमबार दशरथ रङ्गशालामा आयोजित त्रिविको ४९ औं दीक्षान्त समारोहमा २६ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् ।

त्रिविले विश्व कीर्तिमान बनाउने दाबीसहित गिनिज बुक अफ वर्ल्ड रेकर्डस्का प्रतिनिधिलाई काठमाडौंमा बोलाएको थियो । सोहीअनुसार अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर)का प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

त्रिवि उपकुलपति डा. शिवलाल भुसालका अनुसार ओडब्लुआर गिनिज बुक कै भगिनी संस्था हो । गिनिज बुकले सबै प्रमाणहरूको अध्ययन गरे पश्चात अर्को प्रमाणपत्र दिने उनले जानकारी दिए ।

उनले भने, ‘ओडब्लुआरले अन द स्पट प्रमाणपत्र दियो । यसले भेरिफाइ गरेर पठाएपछि अर्को स्टेपमा गिनिज बुकले नै दिन्छ ।’ सोमबार ४९औं दीक्षान्त समारोहमा विभिन्न संकाय र तहमा उपाधि प्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति प्रचण्डबाट विद्यार्थीहरू दीक्षित भएका हुन् । सोही समारोहमा ओडब्लुआरका दिल्ली र काठमाडौंस्थित प्रतिनिधिले त्रिविको रेकर्ड, दीक्षान्तका लागि विद्यार्थीहरूले दिएको आवेदन तथा भौतिक उपस्थिति हेरेर विश्व कीर्तिमान प्रमाणित गरेका हुन् ।

गिनिजमा यसअघि यस्तो विधामा कुनै पनि कीर्तिमान लेखिएको छैन । २६ हजारभन्दा बढीले दीक्षान्तका लागि फाराम भरेको र झन्डै त्यति नै सङ्ख्यामा उनीहरूको उपस्थिति देखिएको त्रिविले जनाएको छ ।

यस वर्ष ७३ हजारभन्दा बढी विद्यार्थीहरू त्रिविबाट ग्य्राजुएट भएका थिए । प्रमाणपत्रमा २६ हजारभन्दा बढी विद्यार्थी, अभिभावक तथा अतिथिहरू दीक्षान्त समारोहमा उपस्थित भएको उल्लेख छ । उनीहरूमध्ये विद्यार्थी मात्रै १२ हजारभन्दा बढी थिए । त्रिविको रेकर्डमा आजको उपस्थिति अहिलेसम्मकै धेरै हो ।

Categorized in राष्ट्रिय