STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दीक्षान्तका कारण काठमाडौंको ट्राफिक अस्तव्यस्त

Janjati Khabar – Janjati Khabar | २०८० पौष २, सोमबार

काठमाडौं - त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।

दीक्षान्त समारोहका लागि विद्यार्थी तथा उनीहरुका अभिभावक रंगशालामा पुग्ने क्रम सुरु भएसँगै ट्राफिक व्यवस्था अस्तव्यस्त भएको हो ।

त्रिपुरेश्वर तथा आसपासको क्षेत्रमा ट्राफिक चाप बढेपछि प्रहरीले कलंकी, कालिमाटी, तिनकुने तथा कोटेश्वरबाटै ठूला बसहरुलाई भित्र छिर्न दिएको छैन ।

जसले गर्दा यात्रुहरु मारमा परेका छन् । त्रिविबाट दीक्षित हुने विद्यार्थी संख्या ७३ हजार बढी भए पनि दशरथ रंगशालामा हुने समारोहमा प्रमाणपत्र बुझेर दीक्षित हुने विद्यार्थी भने साढे १२ हजार रहेको त्रिविका रजिष्ट्रार पेशल दाहालले जानकारी दिए । विद्यार्थीका अभिभावकसहित समारोहमा करिब २८ हजार उपस्थित हुने अनुमान गरिएको उनले बताए ।

Categorized in उपत्यका