STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A4%95%E0%A5%81%E0%A4%A6

  • २०८१ बैशाख १३, बिहिबार

    सहकारी ठगीको मुद्दा उचालेर ममाथि प्रहार गरियो : गृहमन्त्री लामिछाने

    इलाम - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीले जनताका पक्षमा काम गरेकै कारण पुराना दलहरुले बदनाम गर्न विभिन्न ढंगले हिलो छ्यापेको बताएका छन् ।  कसैको नाम नलिइकन उनले भने, ‘कहिले हामीमाथी सहकारीको कुरा उठाएर प्रहार गरिन्छ त कहिले के विषय उठाएर प्रहार गरिन्छ । तपाईंहरुले बुझ्नु होला जनताको पक्षमा काम गरेकै कारण यी प्रहार भएका हुन ।’ इलाम...

  • २०८१ बैशाख १३, बिहिबार

    महोत्तरीमा आगलागी, ९२ घर जलेर नष्ट

    महोत्तरी - महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन् । बुधबार दिउँसो लागेको सो आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । आगो निभाउन महोत्तरीका ६, धनुषाका तीन तथा सीमावर्ती भारतबाट ल्याइएको एउटा दमकलको प्रयोग गरिएको उनले बताए । “आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल...

  • २०८१ बैशाख १३, बिहिबार

    अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित

    काठमाडौं- अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने कानुनलाई अमेरिकी सिनेटले मङ्गलबार अनुमोदन गरेको छ। यो कदम ९५ अर्ब डलरको विदेशी सहायता प्याकेजको हिस्सा थियो। उक्त प्याकेजमा युक्रेन, इजरायल र ताइवानलाई सैन्य सहायता पनि समावेश थियो। यसलाई अहिले कांग्रेसले अनुमोदन गरेको छ। र प्रमाणीकरणका लागि राष्ट्रपति जो बाइडेनको...

  • २०८१ बैशाख १३, बिहिबार

    नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल पौडेल कारागार चलान

    काठमाडौं - विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले पौडेललाई थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशसँगै पौडेललाई डिल्लीबजारस्थित कारागारमा पठाइएको छ। यसअघि गत वैशाख ७ गते नेसनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले पौडेललाई दोषी ठहर गरेको थियो। विशेष...

  • २०८१ बैशाख १२, बुधबार

    हाँडिगाउँमा ‘तिसा मालेगु’ जात्रा सम्पन्न

      काठमाडौं - काठमाडौंको हाँडीगाउँमा ‘तिसा मालेगु’ (गहना खोज्ने) जात्रा सम्पन्न भएको छ। टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ। त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ। उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ। किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा...

  • २०८१ बैशाख १२, बुधबार

    उपनिर्वाचनको मौन अवधि आज रातिदेखि, भारतीय सीमा ‘सिल’

    काठमाडौं - यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आज रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ। निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ। आयोगले यस...

  • २०८१ बैशाख १२, बुधबार

    लुम्बिनी प्रदेश : बिना विभागीय ७ मन्त्रीले पाए मन्त्रालयको जिम्मा

    काठमाडौं - लुम्बिनी प्रदेशका सात जना बिनाविभागीय मन्त्रीलाई विभिन्न मन्त्रालयको जिम्मा दिइएको छ । मुख्यमन्त्री जोख महराले विना विभागीय मन्त्रीलाई ७ जना मन्त्रीलाई मन्त्रालयको जिम्मा लगाएका हुन् ।  आज (बुधबार) मुख्यमन्त्री महराले सहरी विकास तथा खानेपानी मन्त्रालयको जिम्मेवारी भूमिश्वर ढकाललाई, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी अर्जुन...

  • २०८१ बैशाख १२, बुधबार

    राजकीय भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा

      काठमाडौं - नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी स्वदेश प्रस्थान गरेका छन्। मंगलबार काठमाडौं आएका उनी नेतृत्वको प्रतिनिधिमण्डल बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन्। उनलाई विदाई गर्न विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रियसभाका अध्यक्ष...

  • २०८१ बैशाख १२, बुधबार

    नेपाल र कतारबीच ८ बुँदे सम्झौता, लगानी एवं सहकार्य विस्तारका लागि ‘टिम’ निर्माण गर्ने समझदारी

    काठमाडौं - नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि दुवै देशका तर्फबाट ‘कार्यसूमह’ गठन गर्ने समझदारी भएको छ। कतारका अमिर शेख तमिम विन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भएको एक्लाएक्लै र द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा सो समझदारी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार डा रुपक सापकोटाले राससलाई जानकारी दिए। ‘लगानी...

  • २०८१ बैशाख १२, बुधबार

    नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयमा सम्झौता

    काठमाडौं - नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयमा सम्झौता भएको छ। नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्तापश्चात सोल्टी होटलमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो। समझदारीपत्रमा नेपालका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री पदम गिरी र कतारका समकक्षीबीच हस्ताक्षर गरेका हुन्। भेटवार्तापछि दुई...

  • २०८१ बैशाख १२, बुधबार

    हिमालयन अन्तर्राष्ट्रिय अवार्डको चौथो संस्करण वैशाख २५ गते हुने

    चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० यही वैशाख २५ गते मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच आयोजना हुने भएको छ । सो अवार्डको प्रतिस्पर्धामा उत्कृष्ट ठहरिएका पाँच नामहरु हालै सार्वजनिक गरिएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको चौथो संस्करणका लागि आवदेन दिएका गीत सङ्गीतका विविध विधामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । ‘भाषा, साहित्य कला...

  • २०८१ बैशाख १२, बुधबार

    पत्रकार तथा निर्देेशक विजयरत्नलाई आर्थिक सहयोग हस्तान्तरण

    चलचित्र पत्रकारिता क्षेत्रमा चार दशक र चलचित्र निर्देशन क्षेत्रमा तीन दशक भन्दा लामो समयदेखि सकृय रहँदै आएका विजयरत्न तुलाधर मुटु रोग र मिर्गौला रोगले पीडित भई शहिद गंगालाल हृदय रोग अस्पतालमा भर्ना भई हाल मिर्गौला रोगको उपचाररत छन्। वि.सं. २०४५ सालमा उदित नारायण झा अभिनित " पिरती ” चलचित्रको सहायक निर्देशकका रुपमा निर्देशन क्षेत्रमा लागेका हुन् भने राजमति, बसन्ती, मसान लगायतका चलचित्रमा मूख्य...

Pages