STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

तीन वर्षमा नेपाल एअरलाइन्सको आम्दानी १४४ प्रतिशतले वृद्धि

Janjati Khabar – Janjati Khabar | २०८० पौष ३, मंगलबार

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले तीन वर्षमा आफ्नो आम्दानी दोब्बरभन्दा बढीले वृद्धि भएको बताएको छ । मंगलबार एक विज्ञप्तिमार्फत निगमले बितेका तीन वर्षमा आफ्नो आम्दानीमा १४४ प्रतिशतले वृद्धि गरेको बताएको छ ।

निगमका अनुसार महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार निगमको कुल आम्दानी आव २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रुपैयाँ रहेको थियो भने आव २०७८/७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रुपैयाँ रहेको छ ।

त्यसैगरी आव २०७९/८० को प्रारम्भिक कुल आम्दानी २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ देखिएको छ ।

'यसरी हेर्दा निगमले गत ३ वर्षमा आफ्नो आम्दानीमा १४४ प्रतिशतले वृद्धि गरेको छ,' निगमले भनेको छ । आठ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रियतर्फ चारवटा र आन्तरिकतर्फ दुईवटा जहाज उडानमा छन् ।

निगमले अहिलेको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढंगले बजारीकरण गरी अझै धेरै आम्दानी गर्नका लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकाले यसतर्फ आवश्यक कार्ययोजना बनाएर अगाडि बढ्ने काम भइरहेको बताएको छ ।

Categorized in बिजनेस