STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A4%95%E0%A5%81%E0%A4%A6

  • २०८० पौष २२, आइतबार

    केकभित्र गाँजा राखेर अनलाइनमार्फत बेच्ने एकजना पक्राउ

    काठमाडौं- केकभित्र गाँजा राखेर बिक्री वितरण गर्ने गरेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको घट्टेकुलोबाट बिसन मानन्धरलाई पक्राउ गरेको हो । ब्युरोका अनुसार मानन्धरले गाजा राखेर केकहरू अनलाइनमार्फत प्रयोगकर्तासम्म पुर्‍याउने गरेका थिए ।  इन्स्टाग्राममा अकाउन्ट बनाएर त्यसमार्फत उनले केक बिक्री वितरण गर्ने गरेको प्रहरीको भनाइ छ । प्रहरीले उनको साथबाट...

  • २०८० पौष २२, आइतबार

    राष्ट्रिय सभा निर्वाचनका लागि एमाले र माओवादीले लगायो उम्मेदवारको टुङ्गो

    काठमाडौँ - राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले) ले र माओवादीले उम्मेदवारको टुंगो लगाएको छ । नेकपा एमालेले १९ वटै सिटमा उम्मेदवारीको टुङ्गो लगाएको छ। यद्यपि एमालेको केन्द्रीय कार्यालयले सूची सार्वजनिक गर्न भने बाँकी रहेको छ। नामहरूको अन्तिम रुजु गरेर केही बेरमा सार्वजनिक गरिने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।एमालेका एक नेताले जानकारी दिएअनुसार एमालेले सात प्रदेशका १९ सिटमै...

  • २०८० पौष २२, आइतबार

    सर्लाहीको बरहथवामा फेरि कर्फ्यु

    काठमाडौँ - जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज दिउँसोदेखि भोलि बिहानसम्म लागू हुने गरी कर्फ्यु जारी गरेको छ।  यही पुस २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका विषयमा भएको विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गालगायतका सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुनसक्ने देखिएकाले कर्फ्यु जारी गरिएको...

  • २०८० पौष २२, आइतबार

    राष्ट्रिय सभा निर्वाचन : आज मतदाताहरुको अन्तिम नामावली प्रकाशन हुँदै

    काठमाडौं - राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (आइतबार) मतदाताहरुको अन्तिम नामावली प्रकाशन हुँदै छ। निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार आज (पुस २२ गते, आइतबार) अन्तिम मतदाता प्रकाशन हुन लागेको हो।  राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्।  निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली स्वीकृत...

  • २०८० पौष २१, शनिबार

    माइतीघरबाट डा. गोविन्द केसीसहित ९ जना पक्राउ

    काठमाडौं- निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै डाक्टर गोविन्द केसीसहित ९ जना प्रदर्शनकारीलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको छ । पक्राउ पछि उनीहरूलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । डाक्टर केसी, प्रेम चलाउने, पवन थापा, पुकार बमसहित ९ पक्राउ परेका हुन् । डा. केसीले शनिबार बिहानै विज्ञप्ति प्रकाशित गर्दै विभिन्न मागसहित माइतीघर मण्डलाको 'कथित' निषेधाज्ञा तोड्ने बताएका थिए । सोही...

  • २०८० पौष २१, शनिबार

    काठमाडौं मनपा राष्ट्रपति रनिङ शिल्ड : विश्व निकेतन मावि च्याम्पियन

    काठमाडौं- काठमाडौं महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगितामा १२ स्वर्ण पदकसहित विश्व निकेतन माध्यमिक विद्यालय च्याम्पियन बनेको छ। विभिन्न खेलमा विद्यालयले १२ स्वर्णसहित २ रजत र २ कास्य गरी १६ पदक प्राप्त गरेको हो । प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ४ कास्य पदक प्राप्त गर्दै पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजार दोस्रो भएको छ भने ५ स्वर्ण, १३ रजत र ५ कास्य पदक गर्दै बिजेश्वरी...

  • २०८० पौष २१, शनिबार

    त्रिवि उपकुलपति नियुक्तिको विज्ञापन सच्याउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ - प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्याउन निर्देशन दिएका छन्। शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्याउन निर्देशन दिएका हुन्। प्रधानमन्त्री...

  • २०८० पौष २१, शनिबार

    ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठ नियुक्त

    काठमाडौं- गृह मन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ । त्यस्तै, प्रहरी प्रमुखमा एसएसपी शेखर खनाललाई खटाएको छ । बालकुमारी घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित गृह मन्त्रालय र ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाह प्रहरी हेडक्वार्टरमा तानिएका थियो । मन्त्रालयले शुक्रबार मन्त्रालयमा रहेका श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी...

  • २०८० पौष २१, शनिबार

    टी-२० विश्वकपको तालिका प्रकाशित, नेपालसँगै दक्षिण अफ्रिका र श्रीलंका

    काठमाडौं— टी–२० विश्वकप २०२४ को खेल तालिका औपचारिक रुपमा सार्वजनिक भएको छ । टी–२० ढाँचाको यो महत्वपूर्ण प्रतियोगिता संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जुन १ बाट संयुक्त रुपमा सुरु हुनेछ । पहिलो पटक टी–२० विश्वकपमा २० टोलीको सहभागिता रहेको र सबै टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा ५/५ टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् र समूहका शीर्ष २ टोली सुपर–८ मा पुग्नेछन् । सुपर–८ मा...

  • २०८० पौष २१, शनिबार

    उपत्यकाको फोहोर व्यवस्थापन सरकारलाई जिम्मा लगाउने तयारीमा मेयर्स फोरम

    काठमाडौं— काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको कार्य नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरिएको छ । बुधबार गोकर्णेश्वर नगरपालिकाको आयोजनामा बसेको काठमाडौं भ्याली मेयर्स फोरमको छैटौँ बैठकबाट यस्तो निर्णय गरिएको हो । नेपाल सरकारलाई नै फोहोर व्यवस्थापनको काम गर्न आग्रह गर्ने निर्णय गरिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए । उपत्यकाभित्रका सबै नगरपालिकाको फोहोर व्यवस्थापन गर्न...

  • २०८० पौष २१, शनिबार

    राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न कांग्रेस बैठक बस्दै

    काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै छ ।   बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको बताए । उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको पनि बताए ।

  • २०८० पौष २१, शनिबार

    सर्लाही घटना: प्रहरीको गोलीले मरेका प्रदर्शनीकारीको शव रातभर घटनास्थलमै

    काठमाडौं- सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव अझै घटनास्थलमै छ । बरहथवा नगरपालिका– ६ का ३० वर्षीय साहको शुक्रबार प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो ।  उनको टाउकोमा गोली लागेको छ । उनको शव अहिले (शनिबार) बिहानसम्म पनि घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए । मृतकका आफन्त र आन्दोलनरत...

Pages