STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यकाको फोहोर व्यवस्थापन सरकारलाई जिम्मा लगाउने तयारीमा मेयर्स फोरम

Janjati Khabar – Janjati Khabar | २०८० पौष २१, शनिबार

काठमाडौं— काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको कार्य नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरिएको छ ।

बुधबार गोकर्णेश्वर नगरपालिकाको आयोजनामा बसेको काठमाडौं भ्याली मेयर्स फोरमको छैटौँ बैठकबाट यस्तो निर्णय गरिएको हो ।

नेपाल सरकारलाई नै फोहोर व्यवस्थापनको काम गर्न आग्रह गर्ने निर्णय गरिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए । उपत्यकाभित्रका सबै नगरपालिकाको फोहोर व्यवस्थापन गर्न सरकारलाई नै अनुरोध गर्ने निर्णय फोरमले गरेको उनले जानकारी दिए । 

यस्तै, काठमाडौं उपत्यकामा स्मार्ट सिटी लाइट जडान गर्दा एउटै प्याकेज गरेर अघि बढ्ने यसअघिको बैठकको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरिएको मेयर महर्जनले बताए ।

Categorized in उपत्यका