STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A4%95%E0%A5%81%E0%A4%A6

  • २०८० पौष २५, बुधबार

    पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष कैदको फैसला

    विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष कैदको फैसला सुनाएको छ। विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बुधबार शाहसहित यो मुद्दामा दोषी ठहर भएकाहरुको सजाय निर्धारण गरेको हो। शाहबाट १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो भराउन र बिगो बराबर जरिवाना अशुलउपर गर्न पनि अदालतले आदेश दिएको छ। सिन्धुलीको...

  • २०८० पौष २५, बुधबार

    सन्दीप लामिछाने दोषी ठहर, तोकियो ८ वर्ष कैद सजाय

    काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज सजाय तोकेको हो । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो। उच्च अदालत जाँदै क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाँदै लामिछाने काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत...

  • २०८० पौष २५, बुधबार

    अमेरिकामा द हिमालयन हेड्रिक्स अशेष डंगोल

    सांगितिक संसारमा द हिमालयन हेड्रिक्सको उपनामले चर्चित नेपाली कलाकार अशेष डंगोलले संयुक्त राज्य अमेरिकामा एकल सांगितिक कार्यक्रम  गर्न सफल भएका छन् । हिमालयन ग्रिल वाटर फोन्ट प्यासिफिक कोष्ट हाइवेमा करिब दुई घण्टासम्म चलेको उक्त सांगितिक कार्यक्रमा गायक अशेष डंगोलको करिब २५, २६ बर्ष मिहिनत गरेर  निर्माण गरिएका नयाँ नेपाली मौलिक सांगितिक धुनहरु प्रस्तुत गरिएको थियो । विश्वभर ब्लुज संगितका लागि...

  • २०८० पौष २५, बुधबार

    लोकप्रिय संगीतकार राजनराजले ल्याए मेनुका पौडेलको स्वरमा ‘बादलु माथि’ गीत

    नेपालकी गायिका मेनुका  पौडेल अहिले भारतीय रियालिटी शो इन्डियन आइडलको टप ११ मा पुगेर चर्चाको शिखरमा रहेकी छिन् भने उनै चर्चित गायिका पौडेल को स्वरमा ‘बादलुमाथि’ बोलको नयाँ गीत हालै सार्वजनिक गरिएको छ ।   चर्चित गायक राजनराज शिवाकोटी र मेनुका पौडेलको युगल स्वर रहेको उक्त गीत रेबेल क्रिएशनले बजारमा ल्याएको हो ।  अत्यन्तै कर्णप्रीय स्वरमा रहेको उक्त गीतको शब्द  एवं सङ्गीत चर्चित गायक एवं सङ्गीतकार ...

  • २०८० पौष २४, मंगलबार

    हेलिकप्टर कुर्दाकुर्दै सुत्केरीको मृत्यु

    बाजुराको कोल्टीमा हेलिकप्टर कुर्दाकुर्दै सुत्केरीको मृत्यु भएको छ। हेलिकप्टरको पर्खाइमा रहेकी हुम्ला ताजाँकोट गाउँपालिका–५ का अंशु बुढाको सोमबार बेलुका मृत्यु भएको हो।उनी सुत्केरी भएको १३ दिन पुगेको थियो। हुम्लाबाट उपचारका लागि आइतबार बाजुराको कोल्टी पुर्‍याइएको थियाे। हुम्लाका प्रदेश सभाका सदस्य रनसिंह परियारले सोमबार कोल्टीमा उडान नभएपछि सुत्केरीको मृत्यु भएको खबर आफूले पाएको बताए। दुर्गम...

  • २०८० पौष २४, मंगलबार

    १६ डीआईजीको सरुवा, सातै प्रदेशका प्रहरी प्रमुख पनि फेरिए

    काठमाडौं- गृह मन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक डीआईजीको सरुवा गरेको छ। यससँगै सातै प्रदेशका प्रहरी प्रमुख पनि फेरिएका छन् । एक वर्ष अवधि पुगेका सबैको मंगलबार सरुवा गरिएको हो । सरुवा सूचीअनुसार कोशीमा चन्द्रकुवेर खापुङ, मधेसमा यज्ञविनोद पोखरेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुबेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूरपश्चिममा वीरेन्द्र केसीलाई पठाउने...

  • २०८० पौष २४, मंगलबार

    अब कोरियामा कुकुरको मासु खान प्रतिबन्ध

    काठमाडौं- दक्षिण कोरियाले कुकुरको मासु सेवनको पुरानो प्रथा अन्त्य गरेको छ । कुकुरको मासु खाने चलनले पशुमाथि क्रूर व्यवहार भइरहेको भनेर देशभित्र र अन्तर्राष्ट्रिय जगतमा चर्को आलोचना खेपिरहेको दक्षिण कोरियाले अन्ततः दशकौँ लामो यो प्रथालाई विधिवत अन्त्य गरिदिएको छ । राष्ट्रिय सभाको मङ्गलबारको बैठकले कुकुरको मासुको व्यापार र उपभोगमा प्रतिबन्ध लगाउने निर्णयमा दलहरूबीच दुर्लभ एकता बनेको कोरिया टाइम्सले...

  • २०८० पौष २४, मंगलबार

    पक्राउ परे ‘तपस्वी’ बम्जन

    काठमाडौं- लामो समयदेखि नेपाल प्रहरीको खोजीमा थिए लिटल बुद्ध उपनामले चिनिने रामबहादुर बम्जन । उनै बम्जन मंगलबार साँझ काठमाडौंबाट पक्राउ परे ।  काठमाडौं बुढानीलकण्ठ वडा नं.७ मा परिवारसँग बसिरहेको अवस्थामा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । बम्जनका श्रीमती र छोराछोरी बुढानिलकण्ठमा बस्दै आएका थिए । परिवारलाई भेट्न आउँदा उनको हातमा प्रहरीले हतकडी लगाएको हो । ...

  • २०८० पौष २४, मंगलबार

    जनजातिखबर डटकमका सञ्चालक बज्राचार्यलाई मातृशोक

    नेवार अग्रज एवं जनजातिखबर डटकमका सञ्चालक सुजीब बज्राचार्यकी आमा तारादेवी बज्राचार्यको ८७ वर्षको उमेरमा आज मंगलबार बिहान निधन भएको छ । दिवंगत बज्राचार्यको यसअघि एक महिनासम्म अस्पताल राखी ओषधिउपचार भएको थियाे भने गत आइतबार मात्र उहाँलाई अस्पतालबाट डिस्चार्ज गरी घर लगिएको थियो । दिवंगत बज्राचार्यको अन्तिम संस्कार आजै काठमाडौंस्थित शोभा भगवतीमा सम्पन्न भएको थियो । सुजीव बज्राचार्य नेपालभाषाबाट...

  • २०८० पौष २३, सोमबार

    राष्ट्रियसभा निर्वाचनका लागि ५२ जनाको उम्मेदवारी

      काठमाडौं - राष्ट्रियसभा निर्वाचनका लागि ५२ जनाले उम्मेदवारी दिएका छन्। सातवटै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय तर्फ ८ र अन्य समूहतर्फ २१ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका अनुसार कोशीमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८, लुम्बिनीमा ७, कर्णालीमा ६ र सुदूरपश्चिममा ६ जनाले उम्मेदवारी दिएका छन्।  निर्वाचन...

  • २०८० पौष २३, सोमबार

    नेपालमा ७ जनामा जेएन.१ भेरियन्ट पुष्टि

    काठमाडौं - नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन.१ पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै ७ जनामा ओमिक्रोनको सवभेरियन्ट जेएन.१ पुष्टि भएको जानकारी दिएको छ। देशका विभिन्न भागबाट संकलित एन्टिजेन पोजिटिभ रहेका १६ वटा पीसीआरको जिनोम स्किवेन्सिङ गर्दा ७ जनामा उक्त भेरियन्ट पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। उनका अनुसार ती नमूनाहरू आइतबार...

  • २०८० पौष २३, सोमबार

    बंगलादेशमा शेख हसिनाको पार्टी विजयी

      काठमाडौं - बंगलादेशमा भएको आमनिर्वाचनमा शेख हसिनाको पार्टीले विजयी हाँसिल गरेको छ। प्रमुख विपक्षी दल बंगलादेश नेसनलिष्ट पार्टी (बीएनपी) र अन्य दहरूले बहिष्कार गरेको निर्वाचनमा प्रधानमन्त्री हसिनाको पार्टी अवामी लिगले बहुमत प्राप्त गरेको बीबीसीमा समाचार छ। कूल तीन सय सिटमध्ये २९९ सिटमा आइतबार मतदान भएको हो। एकजना उम्मेदवारको मृत्यु भएपछि नौगाउँ-२ मा निर्वाचत रद्द भएको थियो। निर्वाचन भएको २९९...

Pages